हट गार्लिक विंग्स
सामग्री : चिकेन विंग्स सात पिस, एक–एक चम्चा अदुवा र प्याजको पेस्ट, सेलरी सानो एक मुठा, एक चिया चम्चा हटसस, एक चिया चम्चा वेस्टर सस, एक चिया चम्चा ह्वाइट भिनेगर, एक चिम्टी ह्वाइट पिपर, एक चिया चम्चा तिलको तेल ।
सामग्री : मसरुम १० ग्राम, लसुन ५ ग्राम, मैदा ५ ग्राम, बटर २ चम्चा, नुन र मरिच स्वादअनुसार, तेज पत्ता १ ग्राम तथा स्टक २ कप ।
विधि : भाँडामा बटर तताएर लसुन फुराउने । मसरुम र मैदा हालेर एकछिन पकाउने । त्यसपछि स्टक हालेर पाक्ने गरी उमाल्ने ।
हट एन्ड सावर सुप

सामग्री : गाजर ५ ग्राम, तोफु ५ ग्राम, क्याप्सिकन(रातो र पहेंलो) २–२ ग्राम, सिमी ५ ग्राम, कर्नफ्लोर २ टेबुल चम्चा, हट सस १ चम्चा, भिनेगर १ टेबुल चम्चा, तिलको तेल १ चम्चा, अदुवा र लसुन २ चम्चा, हरियो प्याज १ ग्राम, स्टक २ कप तथा सोया सस १ टेबुल चम्चा ।
विधि : भाँडामा पानी बसालेर सबै भेज हाल्ने । आवश्यकताअनुसार नुन, मरिच, भिनेगर, सोया सस, तिलको तेल, हट सस, कर्नफ्लोर हालेर विस्तारै चलाउँदै सुप तयार गर्ने ।
सेफ विक्रम तामाङ
द इन्ट्रान्स क्याफे, बखुन्डोल, ललितपुर