हनी गार्लिक चिकेन
यो ‘चाइनिज ओरिएन्टल’ स्वादको प्रसिद्ध खाना हो । यो परिकारका लागि पनि हड्डी नभएको कुखुराको मासु चाहिन्छ । त्यसमा ‘कर्नफ्लोर’, मैदा, नुन, सेतो मरिचको धूलो मोल्ने र करिब ४५ मिनेट ४/५ डिग्रीमा छोपेर राख्नुपर्छ ।
सामग्री : काजु १ किलो, चिनी ९ सय ग्राम, पानी ५ सय ग्राम ।
विधि : काजुलाई मसिनो हुनेगरी पिस्ने । स्टिलको भाँडामा चिनी र पानी उमाल्ने र चास्नी तयार भएपछि पिँधेको काजुको पाउडर हाली १० मिनेटजति मधुरो आगोमा पकाउने । काजु र चिनीको यो मिश्रणलाई सफा प्लेटमा राखेर जमाउने अनि आधा घन्टाजति त्यत्तिकै छोड्ने । जमेपछि सफा चक्कुले डाइमण्ड सेपमा काट्ने त्यसपछि प्लेटमा सजाउने ।
बेसनको लड्डु

सामग्री : बेसन १ केजी, घिउ ६ सय ग्राम, चिनी स्वादअनुसार, अलैंची पाउडर २० ग्राम ।
विधि : स्टिलको भाँडामा मधुरो आगोमा घिउ हालेर बेसनलाई सेक्ने । अलैंची पाउडर तथा चिनी हाली हल्का तातोमा डल्ला बनाउने । ती तयारी डल्लालाई प्लेटमा सजाएर आलमन्ड तथा पिस्ताले सजाउने ।