गर्मीमा मोक्टेल
विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।
बफ छ्वेला
सामग्री : आगोमा पोलेको बफ ५ सय ग्राम, अदुवा र लसुनको पेस्ट २ टेबुल चम्चा, सुकेको खुर्सानी पोलेर तयार पारिएको पेस्ट २ चम्चा वा आवश्यकताअनुसार, पोलेको गोलभेंडा १ सय ग्राम, नुन स्वादअनुसार, टिम्मुर १ चम्चा, हरियो लसुन १ मुठा तथा तोरीको तेल २ चम्चा ।
विधि : आगोमा पोलेको मासुलाई एउटै साइजमा काट्ने । एउटा भाँडामा मासु, अदुवा, लसुनको पेस्ट, तोरीको तेल, गोलभेंडाको पेस्ट, सुर्खानीको पेस्ट, नुन, मरिच, टिम्मुर तथा हरियो लसुन हालेर मोल्ने । यो छ्वेला स्न्याक्स वा खाजाका रूपमा खान सकिन्छ ।
चिकेन मिट बल

सामग्री : चिकेन किमा १ सय ५० ग्राम, ब्रेड १ पिस, दूध १० मिलिलिटर, प्याज चप १५ ग्राम, नुन स्वादअनुसार, बटर आधा चम्चा, मैदा १ चम्चा, तेल डिप फ्राईका लागि ।
विधि : चिकेन किमालाई एउटा भाँडामा राखेर सबै सामग्री हाली मोल्ने र एउटै साइजको गोलो बनाउने । यसलाई ब्रेड कम र मैदामा दलेर फ्राई प्यानमा डिप फ्राई गर्ने । यसलाई टोमाटो सससँग खान सकिन्छ ।