Successfully Copied

एगलेस चको मोक्का

फ्रेस क्रिम, चकलेट तथा कफीको घोल तयार गर्ने । सेपअनुसार बेसमा राखेर तयार घोललाई स्पञ्जको साइजअनुसार राख्ने । यसैगरी तीनवटै लेयर स्पञ्ज तथा क्रिम मिलाउँदै राख्ने । तीनवटै स्लाइस जोडेपछि १८ डिग्री तापक्रम राखी डिफ्रिजमा १ घन्टा जमाउने । बाहिर निकालेपछि पगालेको चकलेट

सामग्री : क्रिम मिल्क १ सय ग्राम, फ्रेस क्रिम ५ सय ग्राम, चकलेट कोका पाउडर ५० ग्राम, कफी ५० ग्राम, मैदा ५० ग्राम, चकलेट सोलिड १ सय ग्राम (१ किलो केकका लागि) ।

विधि : मैदा, चकलेट तथा क्रिम मिल्कको मिक्सर बनाएर ३ सय २० डिग्रीमा बेक गर्ने । फाउन्डेसन अर्थात् बेस तयार भएपछि आफ्नो रुचिअनुसारको सेपमा ३ स्लाइस गरी छुट्याएर स्पञ्ज बनाएर राख्ने ।

फ्रेस क्रिम, चकलेट तथा कफीको घोल तयार गर्ने । सेपअनुसार बेसमा राखेर तयार घोललाई स्पञ्जको साइजअनुसार राख्ने । यसैगरी तीनवटै लेयर स्पञ्ज तथा क्रिम मिलाउँदै राख्ने । तीनवटै स्लाइस जोडेपछि १८ डिग्री तापक्रम राखी डिफ्रिजमा १ घन्टा जमाउने । बाहिर निकालेपछि पगालेको चकलेट ३ खण्ड तथा फ्रेस क्रिम १ खण्डको घोल माथिबाट खन्याउने ताकि चकलेटले केक भरियोस् । त्यसलाई १५ मिनेट डिफ्रिजमा सेट हुन दिने । अब त्यसलाई निकालेर आफ्नो चाहनाअनुसार चकलेट, फलफूल आदिले डिजाइन गर्ने । चको मोक्का ० देखि ५ डिग्री तापक्रममा मात्र सर्भ गर्ने ।

सेफ्स बेकरी एन्ड कन्फेक्सनरी, नयाँबानेश्वर, खरिबोट

 Image