वन टन सुप
वन टनका लागि चिकेन किमा, मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन र मरिच राखेर मोल्ने । अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने । सानो आकारमा बेलेको मैदाको रोटीभित्र अघि तयार पारेको किमा (फिलिङ) राखेर ममः जस्तै डल्लो बनाउने ।
सामग्री : उसिनेको आलु ४ वटा, ९–१० वटा लसुनलाई थिचेर चप गर्ने, चिल्ली फ्लेक्स (पिरो नहुने) २ चम्चा, कालो मरिच थोरै, नुन स्वादअनुसार, अण्डा १ वटा, मैदा २ चम्चा, ब्रेडकर्न २ चम्चा ।
विधि : अण्डालाई छुट्टै फिट्ने । मैदालाई प्लेटमा राख्ने । आलुमा सबै मरमसला मिक्स गरी गोलो आकार दिएर मैदामा रोल गर्ने । त्यसपछि अण्डामा चोबेर ब्रेडकममा रोल गरी डिपफ्राइ गर्ने ।