दीपाश्रीको स्वभाव नै मनमौजी छ । उनले मनले चाहेर पनि व्यवहारमा भने कहिल्यै डाइटिङ गरिनन् । चलचित्रमा आउँदा धेरैले खानामा कन्ट्रोल गर्नुपर्छ, दुब्लाउनुपर्छ भन्ने सुझाव दिए पनि उनले मनले चाहेको खाना बर्जित गरिनन् । २१ वर्षअघि शाकाहारी भएकी दीपाश्रीलाई आफ्नो फिगरप्रति कुनै गुनासो छैन ।
विद्या बालन, तथा हेमा मालिनीबाट प्रभावित दीपा त्यस्तै ड्यासिङ पर्सनालिटीमा देखिन चाहन्थिन् । त्यसैले पनि उनी खानामा मनमौजी भएकी हुँ । शाकाहारी भएर होला दीपालाई पनिर, मसरुम तथा गुन्द्रुकका सबैजसो परिकार मीठा लाग्छन् । गुन्द्रुकको परिकार पाकेको दिन उनी अरू बेलाभन्दा बढी नै खान्छिन् ।
अहिले उनी दिनको एकपटक मात्र भात खान्छिन् । भातसँग दाल, अचार, तरकारी, साग सबैटक्क चाहिन्छ । बेलुका भने रोटी र सलाद खान्छिन् । घरमा छँदा दीपालाई भाइ, बुहारी एवं साथीहरूसँग बसेर रमाइलो गर्न मन लाग्छ ।
त्यस्तो समयमा उनी बन्दा, गाजर, बिरेनुन र कागती हालिएको सुप मात्र पिएर सुत्छिन् । उनी आफूले डाइट व्यवस्थापन गर्न नसकेकै कारण मोटाएको बताउँछिन् । सुटिङ हुँदा दिनभरि भोकै बस्ने र राति सकुन्जेल खानु नै उनको मोटोपनको रहस्य हो । स्लिमभन्दा हेल्दी हुन मन लाग्छ दीपा हाँस्दै भन्छिन्–‘मैले हिरोइनजस्तो स्लिम देखिन जरुरी छैन, निर्देशकका रूपमा सबै जना डराउने हुनुपर्यो ।’
दीपाश्रीको रुटिन
बिहान : ग्रिन टी र स्याउ
(व्यस्त हुँदा ब्रेकफास्ट)
मुस्ली, ओट्स, सातु
(फुर्सदमा)
ब्राउन राइस, साग, दाल, पनिर, मसरुम वा गुन्द्रुकको तरकारी ।
दिउँसो : मटर पनिर, पालक पनिर वा पनिर कोफ्तासँग चिउरा, भेज म:म (ठाउँ र समयअनुसार ।)
राति : रोटी र सलाद
परिकार : ब्रिक्स क्याफे
१. मसरुम छ्वेला
२.पनिर सास्ली