गर्मीका लागि उपयोगी सुपर सलाद
गर्मी सलाद खाने समयका रूपमा पनि परिचित छ । गर्मीमा शीतल पेय पदार्थ अर्थात् सलाद स्वास्थ्यबर्द्धक हुन्छ। चिसो सलादले शरीरलाई सन्तुलनमा राख्छ ।
वाटरमेलन लेमनेड
सामग्री : आइसक्युब ६ वटा, वाटरमेलन जुस १ सय ५० मिलिलिटर, कागतीको रस ५ मिलिलिटर, सुगर सिरप १० मिलिलिटर तथा मिनरल वाटर माथि टपिङका लागि ।
विधि : गिलासमा आइसक्युब, सुगर सिरप, कागतीको रस तथा वाटरमेलन जुस हाली माथिबाट पानीले टपिङ गर्ने ।
पपया योगर्ड स्मुदी
सामग्री : दही १ सय ग्राम, पपैया १ सय २० ग्राम, आइसक्युब ५ टुक्रा, मह १ चम्चा तथा कागतीको रस १ चम्चा ।
विधि : यी सबै सामग्रीलाई ब्लेन्डरमा राखेर ब्लेन्ड गर्ने ।