दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
सामग्री : बेबिकर्न ८–१० वटा, दही १ सय ग्राम, रातो खुर्सानीको पेस्ट १ चम्चा, अदुवा र लसुनको पेस्ट १ चम्चा तथा गरम मसला आधा चम्चा, बिरेनुन र नुन स्वादअनुसार, अलैंची पाउडर र जिरा पाउडर आधा चम्चा, तेल आवश्यकताअनुसार ।
विधि : पातलो सुती कपडामा दहीलाई बाँधेर ३–४ घन्टा झुन्ड्याएर राख्ने । दहीलाई बावलमा निकालेर सबै मसला हाली मज्जाले फिट्ने । बेबिकर्नलाई उक्त पेस्टमा मेरिनेट गरेर १ घन्टाजति छोड्ने । उक्त बेबिकर्नलाई तन्दुरी वा ग्रिल गर्ने ।

चिजी ओनियन रिंग्स
सामग्री : प्याज २ वटा (गोलाइमा काट्ने), बेसन ४ चम्चा, कोरेको चीज २ चम्चा, ज्वानो र धनियाँको पाउडर आधा–आधा चम्चा, रातो खुर्सानीको धूलो आधा चम्चा, नुन र चाट मसला स्वादअनुसार तथा तेल आवश्यकताअनुसार ।
विधि : बेसन, चीज, ज्वानो, धनियाँको पाउडर, नुन, चाट मसला तथा खुर्सानी एउटा भाँडामा हाली पानी मिसाएर घोल बनाउने । प्यानमा तेल तताउने । एक–एकवटा ओनियन रिंग्सलाई घोलमा डुबाएर तातो तेलमा खैरो हुन्जेल तार्ने । चिजी ओनियन रिंग्स टोम्याटो केचपका साथ खान सकिन्छ ।