चुस्ता
खसीको आमाशयको भाग (सातपत्रे) बाट बनेको परिकार नै चुस्ता हो । यसलाई उल्टाएर बाहिरको भाग भित्र पारिन्छ । त्यसपछि उसिनेर फ्राइ गरिन्छ ।
पाइनापल लेमनेड
सामग्री : पाइनापल जुस ४० मिलिलिटर, अरेन्ज जुस ४० मिलिलिटर, सुगर सिरप १० मिलिलिटर, सोडावाटर आधा लिटर, आइसक्युब ६ टुक्रा ।
विधि : एउटा ठूलो गिलासमा जुस तथा सुगर सिरप राखेर माथिबाट सोडावाटर हाल्ने । आइसक्युबलाई ब्लेन्ड गर्ने ।
म्यांगो क्रिम जुस
सामग्री : म्यांगो जुस आधा लिटर, भेनिला आइसक्रिम २ स्कुप तथा आइसक्युब ६ टुक्रा ।
विधि : भेनिला आइसक्रिम, म्यांगो जुस तथा आइसक्युब ब्लेन्ड गरी गिलासमा सर्भ गर्ने ।