हामीले खाने दैनिक खानामा प्रोटिन पुग्दैन
गुन्द्रुक, भटमास र सिन्कीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, प्रोटिन एवं फाइबर पाइन्छ । कोदो, फापरलगायतमा आइरन र फाइबर पाइन्छ । हाम्रा रैथाने परिकारहरू स्वास्थ्यवर्द्धक छन् ।
पछिल्लो समय नेपाली परिकार मध्ये फापरको ढिडो खाने ठूलो जमात थकालीमा भेटिन्छन् । विभिन्न रोगका लागि पनि फाईदाजनक ढिडो सामान्य तरिकाले आफ्नै घरमा पकाउँन सकिन्छ ।
सामग्री : पानी १ लिटर २०० ग्राम (फापरको पिठो) २० मिलिलिटर (शुद्ध घिउ)
विधि :
– गहिरो भाडामा पानी राखी आगोमा तताउने (कसौडी भए बेस)
– पानीमा अलिकति १ चिम्टी जति पिठो राखी पानी राम्ररी उमाल्ने
– राम्ररी उम्लेको पानीमा फापरको पिठोलाई विस्तारै हाली पन्युले चलाउने
– (घिउ राखीलगातार राम्ररी ५ मिनेट जति चलाउने (यो प्रक्रियालाई नेपाली ठेट शब्दमा ढिडो मस्काउने वा ओडाल्ने भनेर भनिन्छ । )
– सानो आगो गरेर ५–७ मिनेट पकाउने
– त्यसपछि तात्तातै ढिडोलाई अरु झोलयुक्त तरकारी तथा मासुसँग खान सकिन्छ ।