स्टफ्ड चिकेन
विधि : च्याउ, पालुंगो, भेंडेखुर्सानी, चीजलाई सोथे गरेर चिकेन ब्रेस्टभित्र हाल्ने र तावामा ग्रिल्ड गर्ने । काउली, ब्रोकाउली, गाजर, सिमी र च्याउलाई बटरमा सोथे गर्ने ।

सामग्री : मसरुम १ कप, दही १ कप, सलाद ड्रेसिङ १ सय ग्राम, चिकेन स्वादअनुसार, कागतीको रस १ चम्चा, नुन, खुर्सानी र चिनी स्वादअनुसार ।
विधि : मसरुमलाई राम्रोसँग सफा गरी आफ्नो इच्छानुसार टुक्रा बनाएर नुन र पानीमा उसिन्ने । चिकेनलाई पनि राम्रोसँग सफा गरी टुक्रा पारेर उसिन्ने । अर्काे भाँडामा दहीमा नुन, खुर्सानी, कागतीको रस र चिनी स्वादअनुसार हालेर सलाद ड्रेसिङ मिलाई फिट्ने । तयारी मसरुम सलादमा चिकेन मिसाएर माथिबाट सलाद पत्ता राखी सर्भ गर्ने ।