गर्मीका लागि उपयोगी सुपर सलाद
गर्मी सलाद खाने समयका रूपमा पनि परिचित छ । गर्मीमा शीतल पेय पदार्थ अर्थात् सलाद स्वास्थ्यबर्द्धक हुन्छ। चिसो सलादले शरीरलाई सन्तुलनमा राख्छ ।
सामग्री : मसरुम १ कप, दही १ कप, सलाद ड्रेसिङ १ सय ग्राम, चिकेन स्वादअनुसार, कागतीको रस १ चम्चा, नुन, खुर्सानी र चिनी स्वादअनुसार ।
विधि : मसरुमलाई राम्रोसँग सफा गरी आफ्नो इच्छानुसार टुक्रा बनाएर नुन र पानीमा उसिन्ने । चिकेनलाई पनि राम्रोसँग सफा गरी टुक्रा पारेर उसिन्ने । अर्काे भाँडामा दहीमा नुन, खुर्सानी, कागतीको रस र चिनी स्वादअनुसार हालेर सलाद ड्रेसिङ मिलाई फिट्ने । तयारी मसरुम सलादमा चिकेन मिसाएर माथिबाट सलाद पत्ता राखी सर्भ गर्ने ।