बटुक र चुकाउनी
पाल्पाको आदिम र पुख्र्यौली परिकार बटुक र चुकाउनी लोकप्रिय, स्वादिलो र स्वास्थ्यबद्र्धक पनि छ । यो खाना पछिल्लो समय पाल्पामा मात्र होइन देशभरि रुचाइएको छ । चाडबाडको समयमा शाकाहारीका लागि पनि बटुक र चुकाउनी उत्तम विकल्प हो ।

सामग्री : सिलाम दाना १ कप, मेथी दाना १ चम्चा, पुदिना पत्ता ५ ग्राम, कागती २ वटा, हरियो खुर्सानी २–३ वटा, जिराको दाना १ चम्चा, बेसार सानो १ चम्चा, तेल २ चम्चा, नुन स्वादअनुसार ।
विधि : कराहीमा तेल तताउने, मेथी फुराउने अनि बेसार, सिलाम तथा जिरा दाना हालेर भुट्ने, हल्का बास्ना आउन थालेपछि मिक्स्चरमा खन्याउने । बाँकी रहेका हरियो खुर्सानी, पुदिना, कागतीको रस तथा नुनलाई राम्रोसँग मिक्स गर्ने । यो अचार पकौडासँग स्वाद लिएर खान सकिन्छ ।