चिल्ली बेबी कर्न
बेबी कर्न स्क्वायर सेपमा काट्ने र त्यसमा कर्नफ्लोर र मैदा हालेर १० मिनेटसम्म मेरिनेट गर्ने । तेलमा डिप फ्राई गरेर त्यसमा तेलमा प्याज, भेँडेखुर्सानी–अदुवा लसुन फ्राई गर्ने ।

सामग्री : पाउरोटी स्लाइस ४ पिस, स्याउ मसिनो तथा लामो आकारमा काटिएको १ सय ग्राम, काँक्रा मसिनो तथा लाम्चो काटिएको २० ग्राम, प्याज मसिनो गरी काटिएको २ वटा, आलु २ वटा उसिनेर मसिनो गरी काटिएको, गाजर १ वटा कोरेसोमा मसिनो गरी काटिएको, दही ३ सय ५० ग्राम, चाट मसला ५ ग्राम, चिनी स्वादअनुसार, नुन स्वादअनुसार, खुर्सानी काटिएको आवश्यकता अनुसार ।
विधि : कराहीमा आवश्यक तेल तताई खरो हुन्जेल पाउरोटी सेकाउने । अर्को एउटा गहिरो भाँडामा दही र अलिकति पानी हालेर फिट्ने । दहीलाई स्वादिलो बनाउन चाट मसला, चिनी तथा नुन हाल्ने । पहिले फ्राई गरेर राखिएको ब्रेडलाई दहीको मिक्स्चरमा डुबाउने । त्यसलाई निकालेर प्लेटमा राख्ने । ब्रेडमाथि आलु, काँक्रा, हरियो खुर्सानी, प्याज आदि हाल्ने । दहीको भाँडामा मिक्स्चर बाँकी छ भने त्यसलाई माथिबाट छर्किदिने । यसलाई माथिबाट गाजर र धनियाँले सजाउने ।