सदाबहार स्न्याक्स
मखाना तिहारको भाइमसलामा मिसाइन्छ । यो मात्र खाँदा त्यति स्वादिलो नहुन सक्छ । पिनट बटर मखाना अत्यन्त स्वादिलो हुन्छ र बनाउन पनि धेरै समय लाग्दैन ।
सामग्री : सुजी २ कप, दही १ कप, अदुवाको पेस्ट १ चम्चा, हरियो धनियाँ सानो एक मुठा, रातो खुर्सानीको धूलो १ चम्चा, तेल (फ्राइ गर्ने) ५ सय मिलिलिटर, नुन स्वादअनुसार, प्याज र लसुनको हरियो पत्ता २० ग्राम ।
विधि : भाँडामा सुजी, दही, अदुवाको पेस्ट, धनियाँको टुक्रा, धूलो खुर्सानी तथा नुन हालेर मोल्ने । आवश्यकताअनुसार पानी मिसाउने । यसमा डल्लो बनाउन मिल्ने गरी पानी हाल्नुपर्छ । मिक्सलाई १० मिनेटजति त्यत्तिकै राख्ने । कराहीमा तेल तताएर इच्छाअनुसारको आकारमा ढालेर रातो–रातो नहुन्जेल मधुरो आँचमा पकाउने । यो पकौडा सिलाम र पुदिनाको अचारसँग खान सकिन्छ ।