‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।

सामग्री : बासा माछा ३ सय ग्राम, मैदा ५५ ग्राम, कर्नफ्लोर ५५ ग्राम, नुन–मरिच स्वादअनुसार, बेकिङ पाउडर १ चम्चा, पानी ७५ मिलिलिटर, पोटाटो चिप्स २ सय ग्राम, सलादका लागि काँक्रो, गाजर, बन्दा, लेमन ओयली सस २५ मिलिलिटर ।
विधि : एउटा ठूलो भाँडामा दुई चम्चा मैदा, एक चम्चा कर्नफ्लोर, बेकिङ पाउडर, नुन–मरिच हालेर मज्जाले फिट्ने । त्यसमा पानी हालेर अझ नरम बनाउने । त्यो मिक्स्चरमा माछालाई डुबाई एक घन्टाजति फ्रिजमा राख्ने । एक घन्टापछि माछालाई फ्रिजबाट निकालेर फ्राई गरी ब्राउन र क्रिस्पी बनाउने । यो खाना ब्रिटिस खानामा एक पर्छ ।