स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
सामग्री : बासा माछा ३ सय ग्राम, मैदा ५५ ग्राम, कर्नफ्लोर ५५ ग्राम, नुन–मरिच स्वादअनुसार, बेकिङ पाउडर १ चम्चा, पानी ७५ मिलिलिटर, पोटाटो चिप्स २ सय ग्राम, सलादका लागि काँक्रो, गाजर, बन्दा, लेमन ओयली सस २५ मिलिलिटर ।
विधि : एउटा ठूलो भाँडामा दुई चम्चा मैदा, एक चम्चा कर्नफ्लोर, बेकिङ पाउडर, नुन–मरिच हालेर मज्जाले फिट्ने । त्यसमा पानी हालेर अझ नरम बनाउने । त्यो मिक्स्चरमा माछालाई डुबाई एक घन्टाजति फ्रिजमा राख्ने । एक घन्टापछि माछालाई फ्रिजबाट निकालेर फ्राई गरी ब्राउन र क्रिस्पी बनाउने । यो खाना ब्रिटिस खानामा एक पर्छ ।