‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।
सामग्री : चिकेन ब्रेस्ट १ सय ५० ग्राम, अदुवा २० ग्राम, चिल्ली पेस्ट १० ग्राम, नुन स्वादअनुसार, सेतो मरिच २ ग्राम, कर्नफ्लोर १० ग्राम, अण्डा १ वटा, बटर १० ग्राम, टोमाटो सस (गोलभेंडा तथा लसुनको पेस्ट) १० ग्राम ।
विधि : चिकेनलाई क्युब आकारमा काट्ने । एउटा भाँडामा कर्नफ्लोर, नुन अनि अण्डा मेरिनेड गरी डिप फ्राई गर्ने । प्यानमा चिल्ली पेस्ट, गार्लिक, बटर तथा टोमाटो सस फ्राई गरी चिकेनमा मिसाउने ।