Successfully Copied

सेफ प्रनिल बस्ती, द लोफ्ट लन्ज, नयाँबानेश्वर

क्रिस्पी पोटाटो

सामग्री : आलु २ सय ग्राम, ब्रेडक्रम ५० ग्राम, नुन स्वादअनुसार, जाइफलको धूलो २ ग्राम, तेल आवश्यकताअनुसार ।

विधि : आलु उसिनेर बोक्रा निकाल्ने । एउटा भाँडामा ब्रेडक्रममा नुन तथा जाइफलको धूलो मिसाई आलु हालेर मज्जाले मुछ्ने । त्यसलाई इच्छाअनुसार आकार दिई डिप फ्राइ गर्ने । यो सजिलैसँग बनाउन सकिने स्न्याक्समध्ये एक हो । 

कर्न एण्ड मसरुम

सामग्री : क्यान मकै १ सय ग्राम, ह्वाइट मसरुम ५० ग्राम, ब्ल्याक मसरुम ४० ग्राम, पाकुचा ५० ग्राम, गाजर २० ग्राम, हरियो प्याज २ ग्राम, नुन स्वादअनुसार, मरिच ५ ग्राम, सुगर २ ग्राम, हटसस २ सय १० मिलिलिटर, तेल ५ मिलिलिटर, लसुन चप ५ ग्राम ।

विधि : प्यानमा तेल तताएर लसुन फुराई मसरुम र मकैलाई सोथे गर्ने । त्यसमा हटसस, पाकुचा, अन्य मसला तथा गाजर हालेर एकछिन चलाई पकाउने । यो स्न्याक्स सर्भ गर्दा हरियो प्याजले गार्नेस गर्नुपर्छ । 

गेडागुडीको टुसा साँधेको

सामग्री : इच्छाअनुसार गेडागुडी (टुसा उमारेको) १ सय ५० ग्राम, प्याज १ वटा, गोलभेंडा १ वटा, कागतीको रस ५ मिलिलिटर, धनियाँको पात, हरियो प्याज ५ ग्राम, नुन स्वादअनुसार, भुटेको तोरीको तेल १० मिलिलिटर, हटसस १० मिलिलिटर ।

विधि : उमारेको टुसामा कागतीको रस, नुन, मसिनो गरी काटिएको प्याज, गोलभेंडा, हटसस तथा भुटेको तोरीको तेल हालेर साँध्ने । यो एकदमै हेल्दी स्न्याक्स हो । 

पनीर पकौडा

सामग्री : पनीर १ सय ५० ग्राम, बेसन १ सय ५ ग्राम, नुन स्वादअनुसार, भुटेको जिरा २ ग्राम, ज्वानो ३ ग्राम, फ्राइ गर्न तेल आवश्यकताअनुसार ।

विधि : बेसनको घोल बनाउने । त्यसमा नुन, ज्वानो तथा जिराको धूलो हालेर फिट्ने । पनीरलाई चारकुने आकारमा काट्ने । तयार पारिएको घोलमा एक–एक गर्दै डुबाएर तातो तेलमा सानो आँचमा डिप फ्राइ गर्ने। 

 Image