‘द गोल्डेन थाली’ मा नेपाली ठेट स्वाद
गोल्डेन थालीमा मासुसहित १५ परिकार समावेश गरिएको छ । दालमा मास, मुसुरो, बोडी, सिमी र मिक्स दालजस्ता विकल्प पनि छन् । भातका लागि मार्सी, ताइचिन, बासमती र जिरा मसिनो प्रयोग गरिन्छ ।
सामग्री :
कुखुराको मासु १ केजी, तेल ३ चम्चा, प्याज २ वटा, गोलभेंडा २ वटा, चिकेन मसला थोरै, जिरा, लसुन र अदुवाको पेस्ट २ चम्चा नुन स्वादअनुसार ।
विधि :
कराहीमा तेल तताएर प्याजलाई खैरो हुने गरी भुट्ने । पखालेर मासु निकालेको कुखुराको मासुलाई प्याजस“गै मज्जाले भुट्ने । एकछिन पकाएपछि अदुवा, लसुन तथा जिराको पेस्ट हाल्ने । सानो आ“चमा छोप्दै पकाउने । बिस्तारै पानी सकिन लागेपछि गोलभेंडा हाल्ने । लोकल कुखुरा भएकाले आधा घन्टाजति मज्जाले पकाउनुपर्छ ।