Successfully Copied

बलिउड स्टार्सको फेभरेट रेसिपी

चाइनिज र इटालियन फुडप्रति निकै रुचि राख्छन् भने भेजेटेरियन परिकार बढी मन पराउ“छन् ।

केटरिना कैफ :  आआइसक्रिमकी क्रेजी केटरिनाका लागि यो फेभरेट डेजर्ट हो । उनलाई सिनामन रोल पनि निकै मन पर्छ ।

शाहिद कपूर : कतिप :यलाई शाहिद राम्रो कुक भएको जानकारी छैन । उनी चाइनिज र इटालियन फुडप्रति निकै रुचि राख्छन् भने भेजेटेरियन परिकार बढी मन पराउ“छन् । मनसुनमा उनलाई समोसा वा पकौडाका साथ तातो चियाको आनन्द उठाउन मन लाग्छ । 

सलमान खान : सलमानलाई बिरयानी मनपर्छ । त्यो पनि घरमाफ्नी आमाकै हातबाट बनेको बिरयानी । त्यसबाहेक उनलाई कबाब, चिकन तन्दुरी, फिस र लड्डु पनि मन पर्छ । 

प्रियंका चोपडा : प्रियंका खाने कुरामा अत्यन्त सौखिन छिन् । उनलाई पञ्जावी परिकार अत्यन्त मन पर्छन् । त्यसमा पनि विशेषगरी मकैको रोटी, तोरीको साग र राजमा–चामल । यसबाहेक इन्टरनेसनल खानामा उनी क्रेबको आलसेगन खान रुचाउ“छिन् । पिज्जा, पास्ता तथा बर्गरमा पनि उनको स्वाद बसेको छ । 

सोनम कपूर  : सोनम चकलेट र चीज केककी क्रेजी हुन् । उनी एकै समयमा चकलेट केक, पुडिङ, कुकिज, आइसक्रिम आदि खान सक्छिन् । उनलाई पावभाजी पनि अत्यन्त मनपर्छ । त्यसबाहेक उनी पञ्जावी तथ सिन्धी फुड पनि रुचाउ“छिन् । 

ऋतिक रोशन :ऋतिकलाई समोसा अत्यन्त मनपर्छ । उनी एकपटकमा १०–१२ वटा समोसा आरामका साथ खान सक्छन् । 

रणवीर कपूर : रणवीर कपूरलाई रातो मासु सा¥है मन पर्छ त्यो पनि आफ्नी हजुरआमाको हातबाट बनेको । रणवीरको फेभरेट फुडमा आमा नितु सिंहद्वारा बनाइएको राजस्थानी स्टाइलको ननभेज फुड पनि पर्छ । 

विपाशा वासु : परम्परागत बंगाली खाना विपाशाको पहिलो रोजाइ हो । उनलाई भात पनि उत्तिकै मनपर्छ । आफ्नी आमाको हातबाट बनेको मस्टर्ड फिस, प्राउनकरी तथा गाजरको हलुवा उनको अल टाइम फेभरेट हो । 

आमिर खान : आमिर मुगलाई परिकारका सौखिन हुन् । यसमा उनलाई बिरयानी बादशाहीदेखि शाही रोगन जोसजस्ता सबै परिकार मन पर्छन् ।

अक्षयकुमार : चलचित्रमा आउनुअघि अक्षयकुमार थाइल्यान्डमा कुकका रूपमा काम गर्थे । उनी त्यही“ ग्रिनकरी फेभरेट बन्न पुगेका हुन् । अक्षयलाई विशेषगरी पिरो एवं मसालेदार व्यञ्जन मन पर्छन् ।

करिना कपूर : करिना कपूर अधिकांश समय सलाद र जुस नै ग्रहण गर्छिन् तर उनलाई इटालियन फुड विशेष रूपमा मन पर्छ । त्यसमा पनि पास्ता, नुडल्स, स्पेगेटी र पिज्जा । ब्रेकफास्टमा परौंठा खाने र हरेक रात दूध पिउने उनको बानी छ । त्यसो त कहिलेकाही“ घरमा बनाइएको पास्ता र पनिरको स्वादको आनन्द उठाउन पनि उनी उत्तिकै रुचाउ“छिन् । 

अभिषेक बच्चन : अभिषेकलाई राजमा–चामल अत्यन्त मनपर्छ । तातो भातका साथ मसालेदार राजमा करी उनी कुनै पनि बेला खान सक्छन् । 

अनुष्का शर्मा : चाइनिज र थाइ फुड अनुष्काका फेभरेट फुड हुन् तर चिकन वटर मसला उनको फेभरेट डिस हो । त्यसो त उनलाई आफ्नी आमाको हातबाट बनेको ननभेज फुड पनि अत्यन्त मनपर्छ विशेषगरी चिकन र मःम । 

दीपिका पादुकोण : इडली र सी फुड दीपिकाको फेभरेट हो । उनलाई स्ट्रिट फुड पनि राम्रो लाग्छ । 

अमिताभ बच्चन :बिग बीलाई भिन्डीको तरकारी र मुंगको दालको स्वाद यति धेरै मनपर्छ कि यो उनको अलटाइम फेभरेट भोजन हो । 

ऐश्वर्या राय बच्चन :ऐश्वर्या सिम्पल, त्यो पनि इन्डियन फुडजस्तै दाल–भात एवं भिन्डीको तरकारी बढी रुचाउ“छिन् । ऐश्वर्या आफ्नी आमाको हातबाट बनेको दाल, फिस र चिकन करी सधैं मन पराउ“छिन् । 

माधुरी दीक्षित : क्रिम फिस माधुरीको फेभरेट डिस हो । उनी विशेषगरी मेथीको परौंठा र लौकाको तरकारी मन पराउ“छिन् । 

शाहरुख खान :शाहरुख ग्रिल्ड चिकन रुचाउ“छन् । कम तेल र मसलामा बनेको स्टिम फिस पनि उनको फेभरेट डिस हो । 

शिल्पा सेट्टी : कर्न पुलाव र चिकन बिरयानी शिल्पाको फेभरेट फुड हो । त्यसबाहेक चामलको हरेक डिस उनलाई मनपर्छ । इन्डियन परिकार नै उनको फेभरेट परिकार हो । शिल्पा ब्रेकफास्टमा प्रायः इडली र उपमा खान रुचाउ“छिन् ।

 Image