Successfully Copied

आलु दम

आलु १२ वटा (टुक्रा अण्डा आकारमा काटिएको) ३ सय ग्राम खोया, २ चम्चा गरम मसला, सय ग्राम टुक्रा पारिएको पनीर, ५ वटा हरियो खुर्सानी,

सामग्री : 

आलु १२ वटा (टुक्रा अण्डा आकारमा काटिएको) ३ सय ग्राम खोया, २ चम्चा गरम मसला, सय ग्राम टुक्रा पारिएको पनीर, ५ वटा हरियो खुर्सानी, ३ चम्चा काटेको धनियाँ, पुदिनाको पात, ३ वटा लसुन, एउटा प्याज, २ चम्चा भुटेको पाउडर जिरा, एक चम्चा खुर्सानीको धूलो, ४ चम्चा क्रिम, २ वटा गोलभेंडा, सय मिलिलिटर दही, अलिकति बेसार, आधा लिटर तेल, ३ चम्चा घिउ तथा नुन स्वादअनुसार ।

 

विधि :

आलुको बोक्रा ताछेर अण्डा आकारमा काट्ने । पनीर, सुख्खा बदाम, खोया र मसलाहरूको मिश्रण बनाउने । उक्त मिश्रणलाई लसुन, प्याज, धनियाँ तथा हरियो खुर्सानी सँगै भुट्ने । त्यसपछि काटिएको आलु हाली खैरो हुन्जेल भुट्ने । 

ग्रेभीका लागि :

लसुन, प्याज, जिरा र अरू मसला सँगै गोलभेंडा भुट्ने । त्यसमा दही मिसाएर केही समय पकाउने अनि पाकेको आलुलाई प्लेटमा राखेर ग्रेभी खन्याउने । त्यसमाथि पुदिनाको पात, खोया, गोलभेंडा हाली घिउ छर्किने र केही थोपा रोगन राखिदिने ।

 (भिजे तथा मोडल सन्ध्या केसीको टिप्स)

 Image