आजका मानिसहरू धेरै व्यस्त छन् । घर–अफिसको कामले उनीहरूलाई भ्याइनभ्याइ हुन्छ । कतिपयलाई त घरमा खाना बनाउन समेत नभ्याएर बाहिर नै खानुपर्ने बाध्यता पनि छ । जहाँ खाए पनि स्वस्थ खाना खानुपर्छ । स्वास्थ्यवद्र्धक खाना कहिले र कति खाने भन्ने कुराको पनि जानकारी राख्नुपर्छ । खानाका बारेमा पहिले एकथरी मान्यता थिए भने अहिले त्यसमा परिवर्तन आएको छ । वैज्ञानिकहरूद्वारा गरिएका विभिन्न शोधबाट यी कुरा पुष्टि भएका छन् ।
सेकमा दूधको उपयोग
पूर्वधारणा : लाभदायक हुन्छ ।
विशेषज्ञहरूको सल्लाह : आयुर्वेदका अनुसार दूधका साथ केरा, नरिवल, ओखर, अनार, कटहर तथा अमला प्रयोग गर्नुहुँदैन । आयुर्वेदमा यसलाई विपरीत आहारका रूपमा लिइएको छ । यसको सेवनले मूर्छा, पेटमा पानी भरिने, रगतको कमी, शरीर दुब्लो हुने, ज्वरो, नपुंसकता, अन्धोपन आदि समस्या देखा पर्नसक्छन् ।
बटर
पूर्वधारणा : मक्खन नोक्सानदायक हुन्छ । त्यसैले मक्खन खानुहुँदैन । यसको साटो कम चिल्लो खानेकुरा खानुपर्छ ।
नयाँ सल्लाह : कम मात्रामा मख्खन खानु फाइदाजनक हुन्छ । कम मात्रामा डेरी फ्याटले कोलस्ट्रोलको मात्रा बढाउँदैन ।
कति खाने : थोरै ।
अण्डा
पूर्वधारणा : अण्डामा प्रशस्त कोलस्ट्रोल हुन्छ ।
नयाँ सल्लाह : अण्डा स्वास्थ्यका लागि राम्रो हो । डाइटरी कोलस्ट्रोलले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँदैन । यसमा न्युट्रियन्ट तथा भिटामिन हुन्छ ।
कति खाने : हप्तामा ३–४ पटक ।
दूध
पूर्वधारणा : दूध सधंै तररहित सेवन गर्नुपर्छ ।
नयाँ सल्लाह : पूर्ण चिल्लो दूधमा हेल्दी फ्याट हुन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
ब्रेड
पूर्वधारणा : स्वास्थ्यका लागि ब्रेड राम्रो हो ।
नयाँ सल्लाह : होलग्रेन ब्रेड राम्रो हो । मैदाको ब्रेड नोक्सानदायक हुन्छ । सधै लेबल तथा बनेको मिति हेरेर ब्रेड किन्नुपर्छ ।
ओलिभ आयल
पूर्वधारणा : ओलिभ आयल स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।
नयाँ सल्लाह : ओलिभ आयल सलादमा राख्नु ठीक हो तर यसलाई फ्राई गर्न प्रयोग गरियो भने यो कार्सिजोनिक हुन्छ । फ्राइका लागि सनफ्लवारको तेल उपयोगी हुन्छ ।
कति लिने : दिनभर १ ठूलो चम्चा सलादसँग खान सकिन्छ ।
फ्रुट जुस
पूर्वधारणा : फलफूलको रस स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।
नयाँ सल्लाह : क्यानमा राखिएका फलफूलको रसमा चिनीको मात्रा बढी हुन्छ । यसमा कृत्रिम रंग तथा स्वादिलो बनाउने कुरा राखिएको हुन्छ । कतिपय फ्रुट जुसमा सफ्ट ड्रिंक्स तथा चिनीसमेत मिसाइन्छ ।
कति खाने : डब्बा बन्द जुस खानुहुँदैन । ताजा फलको रस आफैं निकालेर खानुपर्छ ।
कार्बोहाइड्रेड
पूर्वधारणा : दिनभरको खानामा ५० प्रतिशत कार्बोहाइड्रेड समावेश गर्नुपर्छ ।
नयाँ सल्लाह : सेतो कार्बोहाइड्रेडभन्दा ब्राउन कार्बोहाइड्रेड उपयुक्त हुन्छ । अन्नका रूपमा कार्बोहाइड्रेड लिनुपर्छ । सेतो स्पागेटी, ब्रेड, चामल आदि नमिल्ने खाना हुन् ।
कति खाने : गहुँको च्याख्लामा कार्बोहाइड्रेड हुन्छ । यो दिनभरको खानामा ५० प्रतिशत समावेश हुनुपर्छ ।
दही
पूर्वधारणा : दही सधंै सेवन गर्नुपर्छ तर चिल्लोरहित दही सेवन गर्नु उपयुक्त हुन्छ ।
नयाँ सल्लाह : चिल्लो दही राम्रो हो । यसले मधुमेह तथा मुटु रोगको खतरा पनि कम हुन्छ । यस्तो दहीले वजन घटाउन सहयोग गर्छ ।
कति खाने : नियमित रूपमा चिल्लो दही सेवन गर्ने ।
सुपर फुड
पूर्वधारणा : सुपर फुड जस्तो कुनै चीज छैन ।
नयाँ सल्लाह : केही खास खानेकुरा जस्तो फल तथा सागपात पोषणले भरिपूर्ण हुन्छन् । पालुंगो तथा चुकन्दर आदि तरकारीमा भिटामिन तथा माइक्रो न्युट्रिएन्टको मात्रा प्रशस्त हुन्छ ।
कति खाने : जति इच्छा हुन्छ त्यति ।
डार्क चकलेट
पूर्वधारणा : चकलेट स्वास्थ्यका लागि उपयुक्त हुँदैन ।
नयाँ सल्लाह : डार्क चकलेट मुटुका लागि फाइदाजनक हुन्छ । ताजा शोधका अनुसार डार्क चकलेट कम मात्रा खाए रक्तचाप पनि कम हुन्छ तर मिल्क चकलेट खानुहँुदैन । किनभने यसमा चिल्लो तथा चिनीको मात्रा बढी हुन्छ ।
कति लिने : दिनभरमा २ टुक्रा डार्क चकलेट खानु उपयुक्त हुन्छ ।
खानापछि पानी तथा मिठाईं
पूर्वधारणा : कुनै नोक्सानी छैन ।
विशेषज्ञहरूको सल्लाह : आयुर्वेदका अनुसार खाना खानुअघि पानी पिए शरीर पातलो हुन्छ । खानापछि पानी पिए शरीर मोटो हुन्छ । खानाका साथमा थोरै–थोरै पानी पिउनु उचित हुन्छ । यसैगरी खाना खाने बेला गुलियो कुरा पहिले त्यसपछि अमिलो तथा नुनिलो र अन्त्यमा पिरो कुरा खानुपर्छ । यसो गर्दा भोजन राम्रोसँग पच्छ । खानाको सुरुमा फल, बीचमा पेय पदार्थ त्यसपछि खानेकुरा खानु उचित हुन्छ ।
दूधका साथमा नुनिलो
पूर्वधारणा : खान मिल्छ ।
विशेषज्ञहरूको सल्लाह : आयुर्वेदमा दूधका साथमा नुनको सेवन निषेध छ । निम्की, बिस्कुट, भुजिया तथा अन्य नुनिला खानेकुरा दूधका साथमा खानुहुँदैन । धेरै नुनिलो खानेकुराको निर्माणमा क्षार तथा सोडा प्रयोग गरिएको हुन्छ जुन आँखा तथा केशका लागि हानिकारक हुन्छ ।
मह–पानी सेवन
पूर्वधारणा : लाभदायक हुन्छ ।
विशेषज्ञहरूको सल्लाह : मह तातोपानीमा मिसाएर पिए रोगलाई निमन्त्रण दिएसरह हुन्छ । महलाई तातोपानी वा तातो कुरामा मिसाउनु आहारका विरुद्ध हो । ताजा पानीमा पुरानो मह मिसाउँदा मोटोपन कम गर्न सहयोग मिल्छ ।
ब्रेकफास्ट सिरियल्स
पूर्वधारणा : डब्बा बन्द तथा प्रयोग गर्न सजिलो ब्रेकफास्ट सिरियल्स बिहानको नास्ताका लागि राम्रो विकल्प हो ।
विशेषज्ञहरूको सल्लाह : डब्बा बन्द सिरियल्समा हाइ फ्रक्टोस कोर्न सिरपको उच्च मात्रा हुन्छ । प्रोसेस्ड खानामा चिनीको मात्रा धेरै हुन्छ । प्रोसेस्ड खानामा यस्ता कुरा समावेश गर्नु बाध्यता हो ।
कनोला ओयल
पूर्वधारणा : शरीरका लागि लाभदायक हुन्छ ।
विशेषज्ञ सल्लाह : न्युट्रिसनिस्टहरूका अनुसार यो एक जेनेटिकल्ली मोडिफाइड तेल हो । त्यसैले यो स्वास्थ्यका दृष्टिले उपयुक्त हुँदैन । यसको रिफाइनिङ प्रोसेसमा केमिकल प्रयोग गरिएको हुन्छ । जुन शरीरका लागि नोक्सानदायक हुन्छ । यसको विकल्पका रूपमा तोरी, बदाम तथा ओलिभको तेल प्रयोग गर्नु उत्तम हुन्छ ।