वन टन सुप
वन टनका लागि चिकेन किमा, मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन र मरिच राखेर मोल्ने । अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने । सानो आकारमा बेलेको मैदाको रोटीभित्र अघि तयार पारेको किमा (फिलिङ) राखेर ममः जस्तै डल्लो बनाउने ।

सामग्री
मसरुम : २ सय ग्राम
बटर : १ चम्चा
काटेको लसुन : १ चम्चा
उमालेको पास्ता : १ कप
व्हाइट सस : २ कप
नुन : स्वादअनुसार
मरिच : स्वादअनुसार
ओरिगानो : १ चम्चा
विधि
मसरुमलाई धोएर काट्ने । प्यानमा बटर तताएर लसुन भुट्ने । लसुन खैरो भएपछि मसरुम हालेर भुट्ने । त्यसमा पास्ता हाली व्हाइट सस, नुन, मरिच तथा ओरिगानोका साथ पकाउने ।