Successfully Copied

हनी पोट्याटो चिल्ली

दिपक भण्डारी, सिद्धार्थ कटेज रेष्टुरेन्ट आवश्यक सामग्री तीन दाना ठूलो आकारका आलु : तासेर टुक्रा बनाउने ।

दिपक भण्डारी, सिद्धार्थ कटेज रेष्टुरेन्ट

आवश्यक सामग्री

तीन दाना ठूलो आकारका आलु : तासेर टुक्रा बनाउने ।

३/४ चिया चम्चा : मकैको पिठो 

स्वाद अनुसार : नुन ।

एक चम्चा : खुर्सानीको धुलो 

फ्राइ गर्नका लागि तेल आवश्यकता अनुसार ।

आवश्यकता अनुसार प्याज, लसुन, ठूलो चिया चम्चा मह, काटेको गोलभेंडा, एक ठूलो चम्चा हट चिल्ली सस, सेतो मरिच, टेस्टिङ पाउडर आधा चम्चा ।

 बनाउने विधि

–भाँडोमा तेल तताउने । 

–एउटा भाँडोमा मकैंको पिठो, नुन र खुर्सानी तथा काटेको आलु राम्रोसँग मिसाउने । 

त्यसलाई तातेको तेलमा खैरो नहुन्जेल डिप फ्राई गर्ने । 

–फेरि तेल तताउने र लसुन, प्याज मिसाउने ।

–फ्राई भएको आलुमा मह, नुन, खुर्सानी, टेस्टिङ पाउडर करिब २ मिनेटसम्म छोड्ने । हट पोट्याटो चिल्ली खानका लागि तयार भयो । 

 Image