Successfully Copied

तिहारका लागि मिठाईं

संगम स्विट्स कमलादी तथा बानेश्वरमा पाइने तिहारका लागि मिठाईं

बुनु शर्मा, संगम स्विट्स कमलादी तथा बानेश्वर

दूधवरी

सामग्री

दूध : १० लिटर

छेना : ५ सय ग्राम

चास्नी : ५ लिटर

सुकमेल पाउडर : ५० ग्राम

पेस्ता : ५० ग्राम

अलैंचीको दाना : ५० ग्राम

चिनी : ४ सय ग्राम

विधि

दूधमा चिनी, सुकमेल पाउडर तथा अलैंचीको दाना मिसाई बाक्लो हुने गरी पकाउने । यसलाई मलाई दूध भनिन्छ । छेनालाई चेप्टो आकार दिएर चास्नीमा पकाउने । तयार भएको रसमलाईको डल्ला तातो दूधमा भिजाउने । केही समयपछि माथिबाट पेस्ताले सजाउने ।

बुनियाँ

सामग्री 

चास्नी : ५ लिटर

घिउ : ३ लिटर

चनाको बेसन : २ केजी

अलैंचीको दाना : ५० ग्राम

बदाम : २ सय ग्राम

पेस्ता : ५० ग्राम

विधि

बेसनमा पानी मिसाएर बाक्लो घोल बनाई केही समय राख्ने । घिउलाई राम्रोसँग तताएर तयार राखिएको बेसनको बाक्लो घोललाई प्वाल परेको पन्यूबाट घिउमा खारी बुन्दी तयार गर्ने । उक्त बुन्दीलाई चास्नीमा डुबाउने । केही समयपछि चास्नीबाट निकालेर एउटा भाँडोमा राख्ने र बदाम, पिस्ता कटिङ गरी राम्रोसँग मिश्रण गर्ने ।

चमचम (स्ट्रबेरी तथा केशर फ्लेबर)

सामग्री 

छेना : ५ सय ग्राम

बाक्लो चास्नी : २ लिटर

नरिवलको पाउडर : २ सय ग्राम

केशर वा स्ट्रबेरी : आवश्यकताअनुसार

विधि

तयार भएको छेनामा आवश्यकताअनुसार केशर वा स्ट्रबेरी फ्लेबर मिसाई गोलो आकार दिने । उक्त मिश्रणयुक्त छेनालाई बाक्लो चास्नीमा केही बेरसम्म पकाएर चमचम रेडी गर्ने । यसलाई नरिवल पाउडरले सजाउने ।

कोकोनट बर्फी

सामग्री 

नरिवल पाउडर : एक केजी

खुवा : ३ सय ग्राम

चिनी : ३ सय ग्राम

दूध : २ सय मिलिलिटर

पेस्ता : ५० ग्राम

विधि

नरिवल पाउडरलाई दूधमा भिजाउने । केही समयपछि चिनी, खुवा तथा सुकमेल पाउडरलाई एउटा भाँडामा राखेर मिश्रण बनाउने । उक्त मिश्रण ५ मिनेटसम्म पकाएर ट्रेमा केही बेर राखी जम्न दिने । राम्रोसँग जमेपछि बर्फीको आकारमा काटेर पेस्ताले सजाउने । 

 Image