Successfully Copied

चहिने सामग्री

२५० ग्राम सोल फिस

२ सानो चम्चा टम्याटो केचप

आधा चम्चा खुर्सानीको पेस्ट

५० ग्राम लसुन

५० ग्राम अदुवाको पेस्ट

५० ग्राम मैदा

२ अन्डा

५० ग्राम अखरोट

२ टमाटर

नुन स्वादअनुसार

बनाउने विधि

माछालाई स–सानो पिस बनाएर काट्ने । त्यसलाई लसुन तथा अदुवाको पेस्टमा डुबाएर राख्ने । आरारोट, मैदा तथा अन्डाको घोल बनाएर त्यसमा फिसको पिस हालेर फ्राई गर्ने । केही लसुन तथा अदुवालाई पनि काटेर फ्राइ गर्ने । त्यसमा केही टमेटो केचव राख्ने । त्यसपछि टमाटर, प्याज राख्ने । स्वादअनुसार सबै मसला मिलाउने । त्यसमा फ्राइ फिस मिलाएर केही बेर पकाउने ।

फ्राइड प्रन्स

चाहिने सामग्री

२५० ग्राम प्रन्स

५० ग्राम लसुको पेस्ट

५० ग्राम अदुवाको पेस्ट

५० ग्राम कर्नफलोर

५० ग्राम मैदा

बेकिङ पाउडर

विनेगर

नुन

ह्वाइट पेपर स्वादअनुसार

बनाउने विधि

प्रन्सको छिल्कालाई उतारेर त्यसलाइ राम्ररी धुने । त्यसमा लसुन, अदुवा, ह्वाइट पेपर र नुन मिसाउने । त्यसमा प्रन्सको पिस मिलाएर राख्ने । त्यसपछि आरारोट र मैदाको घोलमा प्रन्स डुबाएर केही समय फ्राइ गरी तातो सर्व गर्ने ।

 Image