बटुक र चुकाउनी
पाल्पाको आदिम र पुख्र्यौली परिकार बटुक र चुकाउनी लोकप्रिय, स्वादिलो र स्वास्थ्यबद्र्धक पनि छ । यो खाना पछिल्लो समय पाल्पामा मात्र होइन देशभरि रुचाइएको छ । चाडबाडको समयमा शाकाहारीका लागि पनि बटुक र चुकाउनी उत्तम विकल्प हो ।
कन्चम्ब (थकाली चिप्स)
सामग्री
फापरको पिठो : २ सय ग्राम
नुन : स्वादअनुसार
तेल : डिप फ्राई गर्न आवश्यक
विधि
पानी उमालेर फापरको पिठो हाल्दै ढिँडो बनाउने । पाकेपछि सेलाउन दिएर स–साना डल्ला निकाली चिप्सको आकार दिएर डिप फ्राई गर्ने ।