Successfully Copied

खसीको नली सूप

मुंगको दालको पिठो र तयार पारेर राखिएको मसला हालेर बनाइएकाे खसीको नली सूप

नितिमा कार्की भण्डारी 

डाइरेक्टर, बाजेको सेकुवा

खसीको नली सूप

सामग्री 

खसीको नलीहाड १ केजी, बोनलेस मटन ३ सय ग्राम, घिउ वा तेल ७५ ग्राम, अदुवा र लसुनको पेस्ट २० ग्राम, मुंगको दालको पिठो ४० ग्राम, तेजपत्ता २ वटा, स्लाइस आकारमा काटिएको प्याज १ सय ५० ग्राम ।

सेक्रेट मसला

अदुवा ३ ग्राम, दालचिनी ३ ग्राम, मेस ३ ग्राम, स्टार मसला ५ ग्राम, कालो मरिच ३ ग्राम, गेडा जिरा २० ग्राम, रातो खुर्सानी ४ वटा, सबैलाई हल्का भुटेर ग्रान्डरमा पिस्ने ।  

बनाउने िवधी ः

प्यानमा तेल वा घिउ इच्छानुसार तताएर तेजपत्ता तथा प्याजलाई खैरो हुन्जेल भुट्ने । खैरो भएपछि अदुवा र लसुनको पेस्ट हालेर एकछिन चलाउने र त्यसमा डाइस कट काटेको हाडरहित मटन तथा नली फ्राई गर्ने । मुंगको दालको पिठो र तयार पारेर राखिएको मसला हालेर २ मिनेटजति चलाउने र पानी हालेर मन्द आँचमा २ घन्टाजति पकाउने । 

 Image