‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।
आइसक्रिम मिक्चरका लागि
समाग्री :
दूध ६ लिटर, ग्लुकोज ८ सय ग्राम, वनस्पति घिउ ८ सय ग्राम, पानी ३ लिटर, फ्रेस क्रिम १२ सय ग्राम, दूधको पाउडर १४ सय ग्राम, स्टाबिलाइजर १ सय ग्राम, चिनी १ केजी, फ्लेबर (भेनिला, चकलेट, कफी, पेस्ता आदि) २ मिलिलिटर ।
विधि :
सबै सामग्रीलाई एउटै भाँडामा हालेर मज्जाले तताउने । ९० डिग्री सेल्सियससम्म पकाएर निकाली बिस्तारै सेलाउने गरी चलाइरहने । एउटा काठको बट्टामा आइसक्युब राखेर नुन हाल्ने अनि बिस्तारै आइसक्रिमको भाँडा राखेर ३–४ घन्टासम्म चलाइरहने । चिसिएपछि आफूलाई जुन फ्लेबरको आइसक्रिम मनपर्छ त्यही फ्लेबर हाल्ने । त्यसपछि कपमा हाली डिफ्रिजमा रातभरि राख्ने । आइसक्युबलाई जति राम्रोसँग चलायो त्यति राम्रो एयर बबल बन्नुका साथै आइसक्रिम स्मुथ पनि हुन्छ ।