Successfully Copied

चिसोमा पोर्कका परिकार

पोर्कससेज १ पिस, पोर्ककिमा ५० ग्राम, मिक्स भेजिटेबल ५० ग्राम, भेजिटेबल स्टक आधा, क्युब कागती स्वादअनुसार, सोया सस आधा चम्चा

पोर्क हट एण्ड सावर सुप

सामग्री : पोर्कससेज १ पिस, पोर्ककिमा ५० ग्राम, मिक्स भेजिटेबल ५० ग्राम, भेजिटेबल स्टक आधा, क्युब कागती स्वादअनुसार, सोया सस आधा चम्चा, तिलको तेल १ चम्च्ाा, बल्समेर भेनेगर आधा चम्चा, कर्नफ्लोर आधा चम्चा, नुन स्वादअनुसार, पिसेको, अकबरे खुर्सानी स्वादअनुसार, १ वटा गोलभेंडाको पेस्ट, पानी डेढ कप ।

विधि : सबै सामग्रीलाई काटेर तयार राख्ने । तिलको तेल, भेनेगर, कागती र सोया ससबाहेक सबै सामान एकैपटक उमाल्ने । उम्लिएपछि बल्समेर भेनेगर, कागती, सोया सस र तिलको तेल हाल्ने । सर्भ गर्ने बाबलमा खन्याएपछि एकपटक पुन: तिलको तेल हालिदिने ।

क्रिस्पी पोर्क

सामग्री : पोर्क बेली २ सय ग्राम, अदुवा-लसुनको पेस्ट आधा चम्चा, टिम्मुर थोरै, तेल १ कप, नुन स्वादअनुसार ।

विधि : पोर्कबेलीलाई पातलो गरेर मज्जाले डिपफ्राइ गर्ने । अलग प्यानमा अदुवा-लसुनको पेस्ट र टिम्मुर हाली नुन छर्केर सर्भ गर्ने ।

स्पाइसी रेड पोर्क

सामग्री : छाला, बोसो र मासु मिलेको पोर्क ३ सय ग्राम, अकबरे रातो खुर्सानी ५० ग्राम, काँचो टिम्मुरको धूलो, आधा चम्चा, अदुवा र लसुनको पेस्ट १-१ चम्चा, नुन स्वादअनुसार ।

विधि : पोर्कको हड्डी निकालेर ५ इन्च हुने गरी काट्ने । सबै मरमसला हाली मोल्ने अनि ६ घन्टा त्यत्तिकै छाड्ने । त्यसपछि प्रेसरकुकरमा मसला मोलेको पोर्क हालेर ५ मिनेट पकाउने । ५ मिनेटपछि ग्यास अफ गरेर प्रेसरकुकरको बिर्को बन्द गरिराख्ने । त्यसपछि पुन: ५ मिनेटसम्म पकाउने । यसरी तयार पोर्क ड्राइ नै सर्भ गर्न सकिन्छ । ग्रेभी मन पराउनेहरूले अलिकति पानी हालेर ग्रेभी बनाउने ।

पोर्क खुट्टीको अचार

सामग्री : पोर्कलेग एउटा, गोलभेंडा २ वटा, लामो आकारमा काटिएको अदुवा ५० ग्राम, अकबरे खुर्सानी (पिसेको) स्वादअनुसार, नुन स्वादअनुसार, सुख्खा धनियाँ १ चम्चा, सस्र्युंको तेल १ चम्चा ।

विधि : पोर्कको खुट्टालाई राम्रोसँग सफा गरेर ३-४ पिस पारी अकबरे खुर्सानी, गोलभेंडा, अदुवा र नुन हालेर उसिन्ने । त्यसपछि ४५ मिनेट प्रेसरकुकुर बन्द गरी पकाउने । त्यसपछि सस्युर्ंको तेलमा सुख्खा धनियाँ तताएर झान्ने र प्रेसरकुकर बन्द गरी पुन: ५ मिनेट पकाउने जसले गर्दा खुट्टीको अचार अझ स्वादिलो हुन्छ ।

अर्चना तामाङ

क्याफे आमु, कृष्णगल्ली, पुल्चोक

 Image