Successfully Copied

पराले मसरुम

मसरुम १ सय ५० ग्राम, भेंडेखुर्सानी १५ ग्राम, गोलभेंडा १५ ग्राम, प्याज १५ ग्राम, हटसस १० मिलिलिटर, टोमाटो प्युरी २० मिलिलिटर, सल्टपेपर स्वादअनुसार

सामग्री

मसरुम १ सय ५० ग्राम, भेंडेखुर्सानी १५ ग्राम, गोलभेंडा १५ ग्राम, प्याज १५ ग्राम, हटसस १० मिलिलिटर, टोमाटो प्युरी २० मिलिलिटर, सल्टपेपर स्वादअनुसार, आइसिङ सुगर थोरै, अण्डा १ वटा, मैदा १ चम्चा, कर्नफ्लोर १ चम्चा ।

विधि

अण्डा, मैदा, कर्नफ्लोर र सल्टपेपर पानीमा मिक्स गरी ब्याटर गर्ने । ब्याटरमा मसरुम राखेर डिप फ्राई गर्ने । पछि प्यानमा भेंडेखुर्सानी, प्याज, गार्लिक, पराले मसरुम राख्ने । त्यसमा हट सस तथा टोमाटो सस हाल्ने । धनियाँको चप छर्केर फिनिसिङ गर्ने ।

चिकेन थाई सलद

सामग्री

चिकेन १ सय ग्राम, पेपर्स ५० ग्राम, हनिमेलन ५० ग्राम, काँक्रा ५० ग्राम, थाई ड्रेसिङका लागि लेमन जुस, सुगर सिरप, जिन्जर गार्लिक चप, कोरयान्डर, ग्रीन चिल्ली, सल्ट, चिल्ली फ्रेल्क्स १ सय ग्राम

विधि

सबै सामग्रीलाई स्क्रिप कट काट्ने । चिकेनलाई हर्वस्सँग मायोनेज गर्ने । त्यसलाई फ्राई गर्ने । काटेर राखिएको सामग्रीलाई डे्रसिङसँग मिक्स गर्ने ।

स्पागेटी बुल्गोनाइस

सामग्री

स्पाइगेटी १ सय ग्राम, चिकेन मिन्स ५० ग्राम, टोमाटो सस १ सय मिलिलिटर, याक चीज ३० ग्राम, सल्टपेपर स्वादअनुसार, ओरोगानो, रोजमेरी स्वादअनुसार ।

विधि

स्पागेटी उमाल्ने । स्पागेटी अलडन्टे नभएसम्म उमालिरहने । त्यसपछि सस तयार गर्ने । सस बनाउन पहिले चिकेन मिन्सलाई प्यानमा हालेर फ्राई गर्ने । एकछिनमा टोमाटो सस हाल्ने । ओरिगानो र रोजमेरी पनि मिसाउने । स्पागेटीमा तयार भएको ससका साथै चीज पनि हालिदिने । फिनिसिङ गर्दा चीज र रोजमेरी टपिङ गरिदिने ।

ट्वाक्क मकै

सामग्री  

स्वीट कर्न १ सय ५० ग्राम, प्याज १ वटा, चिल्ली २-३ वटा, अण्डा १ वटा, मैदा १ चम्चा, सल्टपेपर थोरै, आइसिङ सुगर  स्वादअनुसार, चिल्ली फ्रेस  थोरै, चाट मसला  थोरै ।

विधि

अण्डा, मैदा, सल्टपेपर तथा आइसिङ सुगरका साथ स्वीट कर्नलाई ब्याटरमा हालेर डिप फ्राई गरी निकाल्ने । चटपटे स्वादको बनाउन चिल्ली फेल्स, चाट मसला तथा प्याज मिक्स गरी सर्भ गर्ने ।

रोस्टेड चिकेन विङ्ग्स

सामग्री

कुखुराको खुट्टा १ वटा, मसरुम १० ग्राम, खुकुरी रम १५ मिलिलिटर, ब्राउन सस ३० मिलिलिटर, रोजमेरी स्वादअनुसार, बटर १ चम्चा,  हनी २० ग्राम, मस्टर्ड  १५ मिलिलिटर, मिक्स ग्रीन ५० ग्राम, ओलिभ ओयल  २ चम्चा ।

विधि

चिकेन लेगलाई रोजमेरीसँग म्यायोनेज गरी ओभनमा रोस्ट गर्ने । आलुलाई उमालेर डिप फ्राई गरी बटर र हब्ससँग मिक्स गर्ने ।  मसरुम, खुकुरी रम र ब्राउन सस मिक्स गरी तयार पारिएको ब्राउन सस रोस्टेड चिकेनमा ससविथबाट टपिङ गर्ने अनि साइडमा आलु र सलाद राखेर सर्भ गर्ने ।

सेफ द्रोण भटट्चन

जिजी मचान, दमकल, पुल्चोक

 Image