Successfully Copied

कलाकन्द

दूध बाक्लो हुने गरी तताउने । दूध सुक्दै गएपछि चिनी हाल्ने । राम्रोसँग सुकेपछि सुकमेल पाउडर हालेर ट्रेमा खन्याउने ।

कलाकन्द

सामग्री

दूध : ५ लिटर

चिनी : २ सय ग्राम

पेस्ता : १० ग्राम

सुकमेल पाउडर : १ ग्राम

विधि

दूध बाक्लो हुने गरी तताउने । दूध सुक्दै गएपछि चिनी हाल्ने । राम्रोसँग सुकेपछि सुकमेल पाउडर हालेर ट्रेमा खन्याउने । माथिबाट पेस्ताले डेकोरेट गर्ने ।

काला जामुन

सामग्री

खुवा : १ केजी, छेना : ३ सय ग्राम, घिउ : १ केजी, अलैंची : ५ ग्राम,

चिनी : ४ केजीको चास्नी

 विधि

खुवा, छेना, अलैंची पाउडर, आरारोट आदि मिसाएर आँटा मुछेजस्तो मुछ्ने ।

१ घन्टापछि डल्लो बनाएर घिउमा तार्ने । गाढा खैरो भएपछि निकाल्ने र चिनीको चास्नीमा डुबाउने । भोलिपल्ट चास्नीबाट निकालेर ट्रेमा सजाउने ।

ह्वाइट पेडा

सामग्री

खुवा : १ केजी, चिनी : २ सय ग्राम, सुकमेल पाउडर : १० ग्राम

बदाम-पेस्ता : ३० ग्राम, केसर : ०.०५ ग्राम

विधि

खुवामा चिनी तथा सुकमेल पाउडर हालेर पकाउने । लेदो बाक्लो भएपछि निकालेर सेलाउन दिने । गोलो-गोलो पारेर पेडाको आकार दिई पेस्ता, बदाम तथा केसरले सजाउने ।

रसबरी

सामग्री

गाईको दूध : १२ लिटर, चिनी : ३ केजी

विधि

छुट्टै कराहीमा चास्नी बनाउने र छेनाको डल्लोलाई चास्नीमा पकाउने । पाक्दै गएपछि हल्का फुल्न थाल्छ । राम्रोसँग फुलेपछि निकालेर अर्काे चास्नीमा डुबाउने । यसलाई सेलाएपछि सर्भ गर्ने ।

मुंग दाल बर्फी

सामग्री

भिजाइएको मुंग दाल : १ केजी, चिनी : ५ सय ग्राम, घिउ : ५ सय ग्राम,

अलैंची पाउडर :  ५ ग्राम, केसर : थोरै, पेस्ता बर्क ।

विधि

मुंग दाल मिक्स्चरमा पिस्ने अनि चिनी हालेर घिउमा पकाउने । अलैंची पाउडर हालेर ट्रेमा खन्याउने र सेलाएपछि बर्क, पिस्ता तथा केसरले सजाउने ।

चन्द्रकला स्विट्स

सामग्री

मैदा : २ केजी, खुवा : ४ सय ग्राम, घिउ : १ केजी, चिनीको चास्नी : ३ लिटर, गरम मसला : थोरै, ड्राइफ्रुट : २ सय ग्राम ।

 विधि

मैदालाई थोरै पानीका साथ मुछ्ने । खुवा, ड्राइफ्रुट तथा गरम मसलालाई घिउमा पकाउने र पाकेपछि छुट्टै राख्ने । मैदालाई गोलो गरी बेली २ साइडको २ पिस रोटी तयार पार्ने । एउटा रोटीमा तयार राखिएको खुवा ड्राइफुटको मसला फिल गरेर अर्काे रोटीले बन्द हुने गरी राख्ने  । त्यसलाई घिउमा तार्ने र सेलाउन दिने । चास्नीमा डुबाएर निकाल्ने ।

ड्राइफ्रुट लड्डु

सामग्री

काजु : आधा केजी, बदाम : आधा केजी, पेस्ता : १ सय ग्राम,

अन्जिर : १ केजी, किसमिस : २ सय ग्राम, अलैंची पाउडर : १० ग्राम,

केसर : अलिकति, सुकमेल पाउडर ।

विधि

सबै ड्राइफ्रुट काटेर घिउमा तार्ने । अन्जिरलाई गल्ने गरी पकाएर लेदो बनाउने । आवश्यकताअनुसार सुकमेल, अलैंची पाउडर तथा केसर हाल्ने । सबै सामग्रीलाई एउटै भाँडामा खन्याएर मिक्स गर्ने । लड्डुको आकारमा डल्ला पार्ने र पेस्ताले टप गर्ने ।

काजु पान टोकरी

सामग्री

काजु : १ सय ग्राम, चिनी : ३ सय ग्राम, मिक्स पान मसला : १ सय ग्राम, मिक्स ड्राइफ्रुड : १ सय ग्राम, मह : सय ग्राम, चेरी : ५० ग्राम, खसखस : ५ ग्राम ।

विधि

सबैभन्दा पहिले मिक्स ड्राइफ्रुट कटिङ गर्ने, मह तथा पान चटनी मिक्स गरेर तयार राख्ने । काजुलाई भिजाएर मिक्स्चरमा पेस्ट बनाउने र चिनी हालेर पकाउने । सेलाएपछि गोलो डल्लो पार्ने र हल्का गहिरो बेस बनाउने । त्यसमा तयार राखिएको मसला हाल्ने ।

लाल पेडा

सामग्री

खुवा : १ केजी, चिनी : २ सय ग्राम, घिउ : २ सय ग्राम, पेस्ता : १० ग्राम

विधि

खुवामा चिनी मिसाएर त्यसलाई घिउमा राम्रोसँग फ्राई गरी खैरो लेदो बनाउने । लेदो बाक्लो भएपछि निकाल्ने र सेलाउन दिने । राम्रोसँग मुछेर पेडाको आकार दिने अनि माथिबाट पेस्ताले सजाउने ।

काजु बर्फी

सामग्री

काजु : १ केजी, चिनी : ४ सय ग्राम, घिउ : २ सय ग्राम, बर्क : आवश्यकताअनुसार ।

विधि

काजुलाई भिजाएर मिक्स्चरमा पिसी पेस्ट बनाउने ।  चिनीलाई धूलो पारेर मिक्स गर्ने । अलिकति घिउ कराहीमा तताएर काजुको पेस्ट तथा चिनीको धूलो हाली पकाउने । बाक्लो हुँदै गएपछि ट्रेमा खन्याउने ।  हल्का सेलाएपछि चलाएर चिल्लो बेल्नाले बेल्ने र बर्फीको आकार दिने । यसमा कटिङभन्दा अघि बर्क हाल्न सकिन्छ ।

बुनु शर्मा, संगम स्विट्स कमलादी, बानेश्वर, दमक तथा  बिर्तामोड

 Image