८६ वर्षमा पनि सक्रिय पूर्णमाया
पाल्पा जिल्ला मात्र होइन मुलुकभर आफ्नो पहिचान बनाउन सफल पूर्णमाया महर्जन अहिले समाजसेवासँगै ढाका कपडा उद्योग संचालन गर्छिन् । उद्योग, पसलको रेखदेखमा दैनिक खटिने गरेकी छिन् ।

२०१९ मे ३१ । यो मिति कहिल्यै बिर्सदैनन् डा. रमेशसिंह भण्डारी । यो दिन उनका लागि एउटा सपना पूरा भएको दिन हो । उनको सपना मात्र होइन त्रिविशिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल भएको दिन पनि हो यो । कलेजो प्रत्यारोपणको योजना सोच र संकल्पपछि १० वर्षको अन्तरालमा गरिएको उपलब्धि थियो उनको ।
किन त्रिविशिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको वीजारोपण गरे त उनले ? यसको उत्तर खोज्न भने उनको पढाइ र करिअर जोडिन्छ । हुन त उनी बालविशेषज्ञ बन्न चाहन्थे ।परिस्थिति र संयोगवश उनी सर्जन बन्न पुगे । बालविशेषज्ञ बन्ने उनको सोच त्यतिबेला ब्रेक लाग्यो, जतिबेला उनले त्यो विषय पढ्न पाएनन् । उनी भन्छन्, ‘बालविशेषज्ञ हुने इच्छा थियो तर कोटा नपाएपछि सर्जरी रोजें ।’ सर्जन बन्न पुग्नु रोजाइ उनका लागि एउटा संयोग नै थियो । संयोगलाई कर्मक्षेत्र बनाउँदै उनी कैंची चलाउन थाले । सन् २००६ देखि अस्पतालमा जनरल सर्जरीमा काम गरे । पेट चिर्न थाले । सर्जरीमा नै राम्रो गर्छु भन्ने अठोट लिइसकेका थिए उनले । ग्यास्ट्रोदेखि जनरल सर्जरीमा कैंची चलाए । खोजेको नपाए पनि पाएकोमा खुसी हुने उनको बानीले आत्मविश्वास जगाइदियो । उनी भन्छन्, ‘आफूले जे पाइन्छ त्यसमाखुसी भएर लाग्न सके सफलता र खुसी दुवै मिल्छ ।’
सर्जन बन्न उनलाई मेहनत गर्नु थियो आफूलाई पोख्त बनाउँदै लगे । सर्जरीको अनुभव सम्हाल्दै जाँदा नेपालमा कलेजो प्रत्यारोपणको सोच पलाएको हो। कलेजो सर्जरी र ट्रान्सप्लान्टको तालिम लिन अस्ट्रेलिया पुगे उनी । आफूले लिएको तालिमको उनलाई प्रयोग गर्नु थियो । नेपालमा प्रत्यारोपण सफल हुन्छ भनेर स्थापित गर्नु पनि थियो । नेपालमा स्थापित गर्ने उनको हुटहुटीका अगाडि थुप्रै प्रश्न थिए । यो सम्भव छैन, बजेटदेखि दक्ष चिकित्सकको अभाव छ भन्ने कुरा सुन्ने गर्दथे । उनको यो सोचमा असम्भवको ट्याग लाइसकेको थियो । तर पनि उनलाई चुनौती छ भनेर छोड्नु थिएन । त्यसैले उनले हारेका थिएनन् । उनी भन्छन्, ‘नेपालमा सम्भव छैन भनेर थुप्रै प्रश्न उठेका थिए तर मेरो मनमा आशा मरेको थिएन ।’
स्वस्थ मानिसको कलेजो निकालेर बिरामी मानिसमा प्रत्यारोपण गर्नु सहज पक्कै थिएन । यसका लागि उनले बजेट जुटाएर प्रविधिदेखि आईसीयूको व्यवस्था गरे । दक्ष चिकित्सकका लागि भारतस्थित एपोलो अस्पतालका चिकित्सकको टोलीले त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक २०७६ मा कलेजो प्रत्यारोपण सफल बनायो । पहिलो ट्रान्सप्लान्ट भारतस्थित एपोलो अस्पतालको टिमको दक्ष जनशक्तिको आधारमा सम्भव भएको हो । उनी भन्छन्, ‘सुरुवाती समयमा दक्ष चिकित्सक आवश्यक भएकाले पनि बाहिरबाट ल्याएर प्रत्यारोपण सफल बनायौं ।’ १० औं ट्रान्सप्लान्टमा भने अस्पताल आत्मनिर्भर भइसकेको थियो । चिकित्सकहरूले बाहिरबाट तालिम लिएर आउने ट्रेन्ड पनि बढ्दै गयो । आर्थिक अभावले पनि थुप्रै बिरामीले यो सेवा लिन नसकेको उनी बताउँछन् । प्रत्यारोपण गर्नका लागि करिब ३५ लाख लाग्ने भएकाले यो सेवा बिरामीहरूका लागि महँगो हुँदै गएको उनको भनाइ छ ।
कलेजोको समस्या धेरै पुरुषमा देखिने गरेको छ । पुरुषले मद्यपान र धूम्रपान बढी गर्ने भएकाले पनि यो समस्या बढेको उनको भनाइ छ । धेरै पुरुषमा समस्या हुनेछ । पुरुषहरूले मद्यपान र धूम्रपान बढी गर्ने भएकाले पुरुषमा समस्या बढी देखिएको हो । त्यसैले पुरुषलाई कलेजो दिने महिलाको संख्या बढी छ । पुरुषहरूमा आर्थिक निर्भरता हुने भएकाले जसरी पनि बचाउनुपर्छ भन्ने परिवारको मानसिकताले पनि दान दिने महिलाहरू पर्छन् । कलेजो प्रत्यारोपणका लागि धेरै बिरामी बाहिर जाने चलन छ । बिरामीअनुसार अस्पतालले सेवा दिन नसकेको उनी बताउँछन् । सुरुदेखि हालसम्म १७ जनाको मात्र प्रत्यारोपण भएको छ । उनको योजना भने वार्षिक १ सय जनालाई कलेजो प्रत्यारोपण गर्न बिरामी बाहिर जानुपर्ने अवस्था आउँदैन । जनचेतनाको कमी, आफ्नै देशमा सम्भव छ भनेर थाहा नहुनुले पनि बाहिर जाने गरेको उनको भनाइ छ ।
बैतडीमा जन्मिएका उनी पढाइमा तेज थिए । पढाइको सिलसिलामा उनले आमाबाबासँगको बालापन छुटाए । काठमाडौं आएर उनले डाक्टर बन्ने सोच बनाएका थिए । उनी पढाइका साथमा खेलकुद र संगीतमा पनि सक्रिय थिए । विद्यालयमा अतिरिक्त कार्यक्रममा उनी सधै सहभागी नै हुन्थे । उनी भन्छन्, ‘पाँच वर्षको उमेरमा नै आमाबाट टाढा भए बालापनमा आमासँग बस्न नपाएको समय सधै खड्किरहन्छ ।’ अहिले भने छोराछोरीको बालापनमा उनी रमाइरहेका छन् । श्रीमतीको साथ र सहयोगले अगाडि बढाइरहेको छ उनलाई । उमेर बढ्दै गएका छोराछोरीमा आफ्नो उमेर हेर्छन् र सोच्छन्, ‘म यो उमेरमा यस्तो थिएँ यस्तो गरिरहेको थिएँ । छोराछोरीको उमेरले उनको बालस्मृति ताजा बनाइदिएको छ ।’
उनी गीत–संगीतदेखि खेलकुदमा पनि रमाइरहेका छन् । गीत लेख्ने, गाउने गर्छन् । भन्छन्, ‘व्यस्त समय भए पनि आफूलाई मन लागेको गर्न पाउँदा काममा सधै ऊर्जा थपिन्छ ।’