Successfully Copied

बालबालिका किन बढी रिसाउँछन् ?

सामान्य रिस उठ्नु स्वाभाविकै मानिन्छ । रिस एक प्रकारको भावनात्मक संवेग हो । स–साना कुरामा पनि रिसाइहाल्ने धेरैको बानी हुन्छ । चाँडै निराश हुने, कराउने वा आक्रामक स्वभाव देखाउने व्यक्तिका कारण घरको वातावरण तनावपूर्ण बन्छ ।

सामान्य रिस उठ्नु स्वाभाविकै मानिन्छ । रिस एक प्रकारको भावनात्मक संवेग हो । स–साना कुरामा पनि रिसाइहाल्ने धेरैको बानी हुन्छ । चाँडै निराश हुने, कराउने वा आक्रामक स्वभाव देखाउने व्यक्तिका कारण घरको वातावरण तनावपूर्ण बन्छ । अझ बालबालिकालाई रिस उठ्दा घरका सामानहरू तोडफोड गर्छन् । यसो त उमेर बढेसँगै बालबालिकामा रिस उठ्नुलाई सामान्य प्रक्रिया मानिन्छ । तर, उनीहरू झिनामसिना कुरामा पटक–पटक रिसाउँदा सामान्य ठान्नु हुँदैन ।


मनोविद् गोपाल ढकालका अनुसार धेरैजसो बालबालिका किशोरावस्थामा बढी रिसाउँछन् । बालबालिकाहरू रिसाउने धेरै कारण हुन सक्छन् । कोही आफूले चाहेको कुरा नपाउँदा रिसाउँछन् भने कोही आफ्नो भावना खुलेर पोख्न नसक्दा रिसाउँछन् । उनले थपे, ‘बालबालिकाहरूलाई पनि तनाव हुन्छ ।’ तनाव व्यवस्थापन गर्न नसक्दा उनीहरूलाई बढी रिस उठ्छ । कतिपय बालबालिका समस्यामा परेका हुन्छन् र समाधान गर्न नसक्दा रिसाउँछन् । बालबालिकामा हरेक कुराको व्यवस्थापन गर्ने क्षमता कम हुने भएकाले बढी रिसाउने उनी बताउँछन् ।


अभिभावकको व्यस्तताका कारण आफ्ना बालबालिकालाई समय दिन नसक्दा पनि उनीहरू बढी रिसाउन सक्छन् । गोपालले भने, ‘बालबालिकामा एक्लै बस्ने, एकान्त मन पराउने, झर्कने बानीको विकास हुन्छ ।’ अभिभावकले बालबालिकालाई प्रशस्त समय दिन नसक्दा सधैं हतार गर्ने बानी हुन्छ । आफ्ना बालबालिकाहरू पनि आफ्नोकाम आफै गरून् भन्ने चाहनाले धेरै कराउँछन् । जसकारण बालबालिकाहरू एक्लोपन महसुस गर्छन् र उनीहरू रिसाउ“छन् । उनका अनुसार रिस सिकाइ पनि हो । अभिभावकहरू धेरै रिसाउँछन् भने उनीहरूका छोराछोरी पनि रिसाउँछन् ।




पछिल्लो समय बालबालिकाहरूको रिस सामाजिक सञ्जालले पनि बढाएको गोपालको भनाइ छ । उनी भन्छन्, ‘रिस उनीहरूको असन्तुष्टि व्यक्त गर्ने माध्यम बनेको छ ।’ दुव्र्यवहार, अन्यायमा परेर पनि बालबालिकाहरू बढी रिसाउने हुन सक्छन् । कतिपय अवस्थामा बालबालिकाले आफ्नो इच्छाको पनि ख्याल राखून् भन्ने चाहना राख्छन् । अभिभावकले उनीहरूस“ग पनि राय लिऊन्, उनीहरूको भावनाको सम्मान गरून् भन्ने चाहन्छन् । त्यसका अतिरिक्त पढाइको प्रेसर, जंक फुडको सेवन, तनाव, चिन्ता, फस्ट्रेसन, असन्तुष्टि, निराशा, उपेक्षा आदिले बालबालिकाको रिसको लेभल बढाएको छ ।

रिसको व्यवस्थापन कसरी गर्ने

‘धेरै रिस उठ्नु मानसिक समस्या पनि हुनसक्छ’ मनोविद् गोपालले भने, ‘एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याका लक्षणमध्ये रिस पनि हो ।’ त्यसैले बालबालिकाको रिस स्वाभाविक हो÷होइन भन्ने कुरा बुझ्नुपर्ने उनले बताए । धेरैले बालबालिकाको सामान्य बानी भनेर बेवास्ता गर्छन् । जसले गर्दा बालबालिकाले रिस नियन्त्रण गर्न सक्दैनन् र अझ रिसको लेभल बढ्दै जान्छ । उनीहरूनकारात्मकतातिर जाने डर हुन्छ । त्यसैले बालबालिकाहरूको रिसको कारण पत्ता लगाई त्यसको समाधानतिर लाग्नुपर्छ । समस्या बढ्दै गए मनोपरामर्शदातासँग परामर्श लिनुपर्छ ।



बालबालिकालाई बुझ्न जरुरी
बालबालिका किन रिसाइरहेका छन् भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । उनीहरूलाई बुझ्ने र बुझाउने प्रयास गर्नुपर्छ । बालबालिका रिसाउनुको पछि कुनैकारण हुनसक्छ । कारण पत्ता लगाइसकेपछि उनीहरूलाई माया गर्दै सम्झाउनुपर्छ । प्रायःजसो बालबालिकामा स–साना कुरामा पनि मन दुखाउने बानी हुन्छ । बालबालिश्काहरूलाई कुटेर तह लगाउँछु भन्नु गलत हो । यसले उनीहरूमा नराम्रो असर पार्छ । धेरै रिसाउँछन् भने उनीहरूको भावना बुझ्ने प्रयास गर्नुपर्छ । धेरै रिसाउँनु, रिसले सामान फाल्नु आदि क्रियाकलाप बालबालिकाहरूले गरेको देख्छौं । रिस पोख्नु एक स्वस्थ र सामान्य भावना हो । तर, धेरै रिसाउनु राम्रो होइन । बालबालिकाको गल्तीमा गाली गर्ने, कराउने, कुट्ने गर्नुभन्दा उनीहरूको समस्या सुन्ने र बुझ्ने प्रयास गर्नुपर्छ । यदि आफ्ना छोराछोरीको साथी बन्न सकियो भने उनीहरूले सबै कुरा सेयर गर्छन् र आफ्ना अभिभावकप्रति विश्वास पनि बढ्छ । धेरै रिसाउने बालबालिकाहरूलाई ध्यान अन्यन्त्र मोड्ने प्रयास गरिदिनुपर्छ । उनीहरूलाई मनपर्ने खाना बनाएर ख्वाउन सकिन्छ ।
बालबालिकाको आवश्यकता बुझ्ने कतिपय बालबालिका जिद्दी र धेरै नखरा पार्ने हुन्छन् । हरेक माग पूरा गर्नाले उनीहरूको स्वभाव यस्तो भएको हो । हरेक कुरा मान्नुको साटो उनीहरूको आवश्यकतालाई बुझ्नुपर्छ । रिसाएका बेलामा केही मागे त्यसलाई कहिल्यै पूरा गरिदिनुहुँदैन । रिसाउँदैमा सबै कुरा पाइँदैन भन्ने कुरा उनीहरूले बुझ्न सक्छन् ।

‘प्राइभेसी’ जरुरी

बालबालिकाहरूलाई पनि ‘प्राइभेसी’को आवश्यकता पर्छ । धेरैजसो अभिभावकहरू बालबालिकालाई प्राइभेसी दिन मन पराउँदैनन् । कहिलेकाहीँ उनीहरू रिसाएको बेला एक्लै बस्न चाहन्छन् । यस्तो बेलामा उनीहरूसँग कुरा गरेर डिस्टर्व गर्नुहुँदैन । उनीहरू शान्त हुनुको साटो अझ रिसाउँछन् । त्यसैले पहिले शान्त हुन दिनुपर्छ ।


भावना व्यक्त गर्न सिकाउने
बालबलिकाहरूलाई आफ्नो भावना व्यक्त गर्न सिकाउनुपर्छ । झगडा गर्नु, रिसाउनुको साटो आफ्नो कुरा शान्त भएर राख्न सिकाउनुपर्छ । बालबालिकाहरूले राम्रो काम गरेबापत उनीहरूको प्रशंसा गर्न बिर्सनुहुँदैन । बालबालिकामा आफै रिस नियन्त्रण गर्ने क्षमता हुँदैन । हरेक काम राम्रोस“ग विचार गरेर गर्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ । यसले उनीहरूले गरेको निर्णय सही हो वा गलत भन्ने कुरा बुझ्न सिकाउँछ ।


अभिभावक सचेत हुनु जरुरी

बालबालिकाहरूको रिस नियन्त्रण गराउनका लागि उनीहरूलाई दबाब दिनुभन्दा पहिले आफूले पनि रिसलाई नियन्त्रण गर्न सिक्नुपर्छ । आफ्ना अभिभावकलाई देखेर पनि बालबालिकाहरूले धेरै कुरा सिक्छन् । अभिभावक नै स–साना कुरामा रिसाउँछन् भने बालबालिकाहरूले पनि त्यही नै सिक्छन् ।
बालबालिकाहरूले रिस उठेको बेला सोधेको प्रश्नको जवाफ रिसाएर दिनुहुँदैन । दुवैतर्फ रिसले बोल्दा बालबालिकाले मनको कुरा राख्न पाउँदैनन् । उनीहरूलाई किन रिस उठेको हो सोध्नुपर्छ । राम्रोसँग सम्झाउँदा उनीहरूको रिस कम हुन्छ । प्रायः बालबालिकाहरू रोएर, सामानहरू फालेर रिस व्यक्त गर्छन् । उनीहरूलाई रिस देखाउन र अरुको ध्यान खिच्न यस्ता काम गर्छन् । धेरै रिसाउने बालबालिकाहरूले मनको कुरा सेयर गर्न सक्दैनन् । रिस पोखेर उनीहरूले प्रतिक्रिया दिन्छन् । बालबालिकाहरूलाई सानैदेखि जनावरप्रति पे्रम र दयाको भावना देखाउन सिकाउनुपर्छ । यसले उनीहरूको प्रेम बढ्छ र रिस कम हुँदै जान्छ । कथा सुनाउनुपर्छ । यसले उनीहरूमा पढ्ने बानीको विकास हुन्छ ।

 Image