Successfully Copied

जाडोमा क्रिम 

चिसो मौसम सुरु हुनासाथ छाला सुख्खा हुने, फुट्नेलगायतका समस्या देखा पर्न थाल्छन् । गर्मीको तुलनामा चिसोमा छालाको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।

चिसो मौसम सुरु हुनासाथ छाला सुख्खा हुने, फुट्नेलगायतका समस्या देखा पर्न थाल्छन् । गर्मीको तुलनामा चिसोमा छालाको बढी हेरचाह गर्नुपर्ने हुन्छ । छालालाई नरम र मुलायम बनाउन ‘मोस्चराइजर क्रिम’ को आवश्यकता पर्छ । जाडो मौसमलाई लक्षित गरी विभिन्न कम्पनीले बजारमा ‘मोस्चराइजर क्रिम’ र ‘लिपबाम’ ल्याउँछन् । छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठका अनुसार बजारमा पाइने उत्पादनहरू आफ्नो छालाअनुसार प्रयोग गर्नुपर्छ । चिसो मौसममा डन्डिफोर नआउने र धेरै नै सुख्खा छाला छ भने महिनामा दुई–तीन पटक नरिवलको तेल वा हाइड्रेटिङ फेस मास्क राति लगाउँदा छाला नरम हुन्छ । 

छाला सुख्खा र कक्रक्क पार्ने ‘फेसवास’ को साटो नरम ‘पिएच ब्यालेन्स क्लिन्जर’ लगाउन सकिन्छ । छालाको बाह्य तेल नासिँदा चमकहीन र दह्रो छाला कमजोर हुन सक्छ । यसैगरी धूलो, धूवाँ, प्रदूषण र सूर्यको हानिकारक विकिरणले पनि छालामा छिट्टै असर पार्छ । सुख्खा छालामा ‘एलर्जी’ र ‘एक्जिमा’ समेत बढ्न सक्छ । बिहान पानीले मुख धुने र राति ‘पिएच ब्यालेन्स क्लिन्जिङ’ प्रयोग गर्नुपर्ने स्मृतिको भनाइ छ । जाडोमा प्रयोग गर्न सकिने विभिन्न कम्पनीका क्रिमहरू :-

जोय

भारतीय कम्पनी ‘जोय’ ले लामो समयदेखि नेपालमा क्रिमहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले जाडोलाई लक्षित गर्दै ‘जोय हनी’, ‘आलमन्ड क्रिम’, ‘जोय स्किन फुट्स’, ‘मोस्चराइजर’, क्रिम ल्याएको छ । यसैगरी कम्पनीले शरीरका लागि ‘बडी लोसन’ र ओठको सुरक्षाका लागि ‘लिप बाम’ पनि ल्याएको छ । विभिन्न आकारमा उपलब्ध यी उत्पादनहरूको बजारमा मूल्य १३९ देखि ४७२ रुपैयाँ रहेको छ । कम्पनीले ‘लिप गार्ड’ र ‘लिपबाम’ को मूल्य क्रमशः २५ र ३५ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीका ‘कन्ट्रीहेड’ मदन रौनियारका अनुसार यो मौसममा ‘मोस्चराइजर क्रिम’ नै ग्राहकहरूको बढी रोजाइमा छ । कम्पनीले ‘सनस्क्रिन’ पनि बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका ‘एसपीअफ’ १५, २२ र ४० सम्मका क्रिम बजारमा उपलब्ध छन् । ‘सनस्क्रिम जाडो–गर्मी दुवै सिजनमा उपयुक्त हुने तर ‘मोस्चराइजर’ भने जाडोमा बढी उपयुक्त हुने उनले बताए । मदनले भने, ‘क्रिममा कम्पनीले सुलभ मूल्य राखेकाले ग्राहकहरूले यो ब्रान्ड बढी मन पराउने गरेका छन् ।’

निभिया 

भारतीय ब्रान्ड ‘निभिया’ ले महिला–पुरुष दुवैलाई लक्षित गर्दै विभिन्न क्रिम नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । पुरुषका लागि ‘फेसवास’ र ‘मोस्चराइजर’ पनि बजारमा उपलब्ध छन् । कम्पनीका अनुसार पुरुषहरूका लागि विशेषगरी ‘वाइट मोस्चराइजर’ चर्चित छ । यसैगरी कम्पनीले सेभिङ क्रिम पनि नेपाली बजारमा बिक्री गर्दै आएको छ । ‘निभिया’ ले पनि ओठलाई सुरक्षा प्रदान गर्न ‘स्ट्रबेरी’, ‘चेरी’ लगायतको ‘फेभर’ मा ‘लिपबाम’ पनि बजारमा ल्याएको छ । यी उत्पादनको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ । कम्पनीले ‘ट्युब जार’ मा पनि ‘लिपबाम’ उपलब्ध गराउँदै आएको छ, जसको मूल्य १२ सय ७५ रुपैयाँ रहेको छ । कम्पनीका प्रमुख विकासकुमार शर्माका अनुसार महिला–पुरुषको स्किन फरक–फरक हुने भएकाले सोहीअनुरुपको क्रिम ग्राहकका लागि बजारमा उपलब्ध गराइने गरिएको छ । जाडो मौसममा ‘निभिया लोसन’ र ‘सफ्ट क्रिम’ को माग धेरै ग्राहकको हुने उनले बताए । 

पामाकेयर

अर्को भारतीय कम्पनी ‘पामाकेयर’ ले विभिन्न ‘क्लिन्जिङ मिल्क’, ‘मोस्चराइजर बडी लोसन’ लगायतका उत्पादन नेपाली बजारमा बिक्री गर्दै आएको छ । ‘पामाकेयर हनी’ र ‘आलमन्ड बडी लोसन’ ले शरीरमा सकारात्मक प्रभाव पार्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ‘पेट्रोलियम जेल’ छालाका लागि उपयुक्त छ । भिटामिन ‘ई’ युक्त यसको मूल्य नेपाली बजारमा १ सय २८ रुपैयाँ रहेको छ । ‘एलोभेरा’, २ सय मिलिलिटरको जेलको मूल्य दुई सय, ‘डिप क्लिन्जिङ मिल्क’ को मूल्य २१६ रुपैयाँ तोकिएको छ । कम्पनीको ‘बडी लोसन’ को ‘मोस्चराइजर’ को मूल्य १७६ रुपैयाँ रहेको छ । कम्पनीको जाडो लक्षित ‘आलमन्ड’ र ‘हर्बल लिपबाम’ पनि नेपाली बजारमा पाउन सकिन्छ । 

युनिलिभर 

छालालाई सुरक्षित राख्न ‘युनिलिभर ब्रान्ड’ का ‘मोस्चराइजर’ पनि बजारमा उपलब्ध छन् । ४ सय मिलिलिटरको ‘डिप मोस्चराइजर क्रिम’ को मूल्य चार सय रुपैयाँ पर्छ । त्यस्तै, ‘एन्टिएजिङ भ्यासलिन’ कम्पनीको जाडो लक्षित अर्को क्रिम हो । कम्पनीका यी उत्पादनहरू अनलाइनमार्फत पनि खरिद गर्न सकिन्छ । 

 Image