Successfully Copied

लुगा धुन सहज वासिङ मेसिन

अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजनले यो मेसिनले सरल, प्रभावकारी र समय बचत गर्ने बनाउँछ ।


वासिङ मेसिनमा गरिने लन्ड्री समय र ऊर्जा खेर जाने कामजस्तै लाग्छ ? के यो सजिलो र स्मार्ट पनि हुनसक्थ्यो ? सामसङको बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिनले यही सोचलाई वास्तविकता बनाएको छ । अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजनले यो मेसिनले सरल, प्रभावकारी र समय बचत गर्ने बनाउँछ ।

सामसङ बिस्पोक एआई वासिङ मेसिन नयाँ ‘स्मार्ट’ साथी हो । यसको एआई प्रविधिले तपाईंको लन्ड्री ह्याबिट्स बुझ्छ र उपयुक्त साइकल सुझाव दिन्छ । ठूलो लोड वा नरम कपडा, यसको फराकिलो १२ केजी र ९ केजीको क्षमता र कोमल सफाइले सबै कुरा पूर्णतामा सफा हुने सुनिश्चित गर्छ । मुख्य कुरा के छ भनेयो मेसिनले तपाईंको बजेट र हाम्रो विश्वको ख्याल गर्छ । एआई इकोबबल टेक्नोलोजीले डिटर्जेन्टलाई स–साना बबलमा परिवर्तन गरेर कपडालाई कोमल र गहिरो सफाइ दिन्छ । यसले कम तापक्रममै राम्रो नतिजा दिई ७० प्रतिशतसम्म ऊर्जा बचत गर्न मद्दत गर्छ ।
लन्ड्री व्यवस्थापनलाई अझ सहज बनाउन, तपाईंले यो मेसिनलाई स्मार्टठिंगस् एपमार्फत आफ्नो मोबाइल फोनबाटनियन्त्रण गर्न सक्नुहुन्छ । साथै, यसको सहज कन्ट्रोल प्यानल र आधुनिक डिजाइनले यो कुनै पनि घरमा स्टाइलिस रूपमा फिट हुन्छ ।
अहिले यो वासिङ मेसिन नेपालमा उचित मूल्यमा उपलब्ध छ । सामसङको एक्सचेन्ज अफरअन्तर्गत यदि तपाईं पुरानो मेसिन वा कुनै इलेक्ट्रोनिक अप्लाएन्सलाई ९ केजीको वासिङमेसिनसँग एक्सचेन्ज गर्दै हुनुहुन्छ भने थपरु ३,००० को बोनस पनि पाउनुहुनेछ । यो जाडो मौसममा, सामसङ बिस्पोक एआई वासिङ मेसिनको साथ लन्ड्रीलाई तनावमुक्त र सजिलो बनाउनुहोस् । यो केवल वासिङ मेसिन मात्र होइन–तपाईंको जीवनशैलीमा स्मार्ट अपग्रेड हो ।

 Image