Successfully Copied

दराजमा महिला

नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।

नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ । यो कम्पनी महिला समावेशितामा पनि उत्तिकै केन्द्रित रहेको देखिन्छ । त्यसैले त कम्पनीका विभिन्न विभाग महिलाले सम्हालिरहेका छन् । ‘दराज’ मा मुख्य जिम्मेवारी बहन गर्दै आएका केही महिलाहरूबारे जानकारी यहाँ पस्कने जमर्को गरेका छौं । 

एचआर हाँक्ने कृति 

व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) सके लगत्तै कृति श्रेष्ठ ‘दराज अनलाइन’ मा जोडिइन् । सहायक प्रबन्धकका रूपमा प्रवेश गरेकी उनले तीन वर्षयता कम्पनीको मानव संसाधन (एचआर) प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् । उनका लागि ‘ई–कमर्स’ क्षेत्र नौलो थियो । यो कामप्रतिको उनको अन्योलता उस्तै थियो । तर, प्रशिक्षण लिएर आफूलाई निखार्दै उनी कम्पनीमा रमाउन थालिन् । हाल उनले ४०–५० जना कर्मचारीको जिम्मेवारी सम्हालिरहेकी छन् । कर्मचारी भर्ना गर्नु, उनीहरूको कामको विश्लेषण गर्नु र कर्मचारीलाई अब्बल बनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा दिनु उनको जिम्मेवारी छ । उनी भन्छिन्, ‘कम्पनी ग्रो भइरहेको छ, सोहीअनुसार स्टाफहरू पनि राख्नुपर्ने हुन्छ ।’ कम्पनीले सकेसम्म ग्राहकहरूको सन्तुष्टिलाई ध्यान दिँदै अगाडि बढ्ने सोच रहेको उनको भनाइ छ । ‘ई–कमर्स’ मा काम गर्ने कर्मचारी कस्तो हुनुपर्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘स्टाफका लागि काम आवश्यक छ/छैन भनेर हेर्नुपर्छ । त्यसपछि कामप्रति उसको लगनशीलता कस्तो छ र उसले काम कति छिटो सिक्न सक्छ भन्ने विषयलाई ध्यान दिनुपर्छ । त्यसैगरी, कर्मचारीहरूको कम्प्युटर सीप, डाटामा रुचि र आनीबानीलाई पनि हेर्नुपर्छ ।’ पछिल्लो समय हातहातमा प्रविधि छ । विभिन्न विश्वविद्यालयले प्रविधिको पठनपाठन गराउने भएकाले प्रविधि क्षेत्र सहज बनेको छ । उनी भन्छिन्, ‘पहिले–पहिले कर्मचारीहरूलाई डिजिटल प्लेटफर्मका रूपमा बुझाइरहनुपर्थ्यो, अहिले उनीहरू आफै बुझ्न सक्ने भएका छन् ।’ दराजले स्वदेशमा रहेकालाई मात्र होइन विदेशबाट फर्किनेहरूका लागि पनि प्लेटफर्म दिने योजनामा रहेको उनले बताइन् । 

कृतिले ‘ई–कर्मस’ मा स्टाफ म्यानेजमेन्टको राम्रो उदाहरण दिएकी छन् । पुरुषभन्दा महिलाले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न सक्ने आत्मविश्वास हुने गरेको उनले बताइन् । उनी भन्छिन्, ‘महिलाहरू कामप्रति जिम्मेवारसँगै सामाजिक पनि हुन्छन् ।’ कृतिलाई घर–बच्चासँगै अफिस पनि हाँक्ने जिम्मेवारी छ । चार महिनाको बच्चा हुर्काइरहेकी उनले ‘ई कमर्स’ मा सेवारत रहेकै कारण आफूलाई घरदेखि अफिससम्म व्यवस्थापन गर्न सहज भएको बताइन् । महिलालाई सुत्केरी बिदा चार महिनासम्म दिने र आवश्यक पर्दा घरबाट पनि काम गर्न सकिने भएकाले सहज महसुस हुने उनको भनाइ छ । उनले भनिन्, ‘महिलाहरूको मुख्य चुनौती भनेको घर र अफिस व्यवस्थापन हो, अफिसले सहज वातावरण बनाइदिए हरेक महिला अब्बल हुन सक्छन् ।’

‘सीएसआर’ मा मिनल

कुनै पनि व्यवसायको दायित्व समाजप्रति सधै रहन्छ । ‘दराज’ को समाजप्रतिको दायित्व पूरा गर्ने जिम्मेवारी मिनल सिंहले सम्हालिरहेकी छन् । ‘ई–कमर्स सहरी क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा हुनुपर्छ भन्ने कम्पनीको योजनालाई उनले साकार पार्दै छिन् । गाउँगाउँमा पुगेर ‘ई–कमर्स’ को जानकारी दिनु, डिजिटल पेमेन्टबारे सचेतना जगाउनु उनको मुख्य दायित्व हो । पढाइले एमबीए सकेकी उनले प्रविधिको विकाससँग हुर्किदै गएका युवाहरूलाई ‘दराज’ को माध्यमबाट ‘आइडिया सेयर’ गर्नेदेखि लिएर ‘करिअर डेभलपमेन्ट’ का रूपमा पनि प्रशिक्षण दिने गर्छिन् । उनले भनिन्, ‘अहिले युवाहरू प्रविधिसँग अगाडि बढिरहेका छन्, उनीहरूसँग थुप्रै आइडिया हुन्छन् । उनीहरूको आइडियालाई हामीले समेट्ने प्रयास गरिरहेका छौं ।’ युवामात्र होइन उद्यमी महिलाहरूलार्ई कम्पनीमा आबद्ध गराउन ‘अनलाइन’ मार्फत उनी वर्कसप चलाइरहेकी हुन्छिन् । जति उनी सहरी क्षेत्रमा द्रुत मात्रामा ‘अनलाइन’ र ‘डिजिटल पेमेन्ट’ भएको देख्छिन् तर मोफसलमा त्यति नै कम मात्रामा ‘अनलाइन सपिङ’ गर्नेहरू भेटिन्छन् ।

उनले अनुभव सुनाउँदै भनिन्, ‘अनलाइन सपिङ र डिजिटल पेमेन्टबारे सहरी क्षेत्रका मानिसहरू मात्र अग्रसर छन्, गाउँमा जनचेतना अझै पनि पुग्न सकेको छैन ।’ जनचेतनाको कमीलाई मध्यनजर गर्दै दराजले अर्को वर्षदेखि मोफसलमा पनि मार्केट बढाउने योजना रहेको उनले बताइन् । व्यवसाय सञ्चालन गर्दा सवारीसाधनदेखि इलेक्ट्रिक सामान थुप्रै प्रयोगमा आउँछन् । उक्त प्रयोगमा आएका साधनहरूबाट कार्बन उत्पादन भइरहेको हुन्छ । त्यसलाई कम गर्ने जिम्मेवारी पनि दराजले लिएको छ । उनले भनिन्, ‘यो विभागअन्तर्गत समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नु नै मुख्य भूमिका हो ।’ स्वच्छ वातावरण निर्माण गर्दै व्यवसायलाई अगाडि बढाउन मद्दत गर्नु नै आफ्नो दायित्व रहेको उनले बताइन् । नयाँ–नयाँ प्रविधिसँग अपडेट भइराख्नु, नयाँ पिढीसँग काम गर्नुजस्ता चुनौती ‘ई–कमर्स’ ले झेल्नुपरेको उनले बताइन् । ‘अनलाइन’ काम भएकाले एक बच्चा सँगसँगै परिवारलाई समय दिन पनि सहज भएको उनको अनुभव छ । उनले भनिन्, ‘अनलाइन काम घरबाट नै गर्न सकिने भएकाले घर–अफिस दुवैलाई सँगै लान सहज भएजस्तो लाग्छ ।’

‘ट्राफ्रिक अपरेसन’ सम्हाल्ने विद्या 

‘दराज एप’ कस्तो देखाउने ? कम्पनीले अफरहरू के–के दिएको छ ? यी सबै जानकारी दिने जिम्मेवारी विभाग हो–‘ट्राफिक अपरेसन विभाग’ । प्रयोगकर्तालाई के किन्न लगाउने ? र ग्राहकहरूलाई सही गाइड गर्ने काम यसले गर्छ । झन्डै ६ वर्षयता यो अपरेसनको जिम्मेवारी विद्या प्रधानले निर्वाह गर्दै आएकी छन् । ‘प्रोमोसन’ गर्नेदेखि लिएर अन्य विभागसँग सहकार्य गर्ने मुख्य काम उनको हो । उनले भनिन्, ‘दराज खोल्दा जे देखिन्छ त्यो सबैको जिम्मेवारी हुन्छ, सानो गल्तीले पनि के असर गर्छ भन्नेबारे सचेत हुनुपर्छ ।’ उनी एमबीए सकेर सन् २०१६ मा मा ‘क्यामु’ मा काम गर्दै ई कमर्समा सक्रिय भएकी हुन् । त्यसपछि उनी ‘दराज’ मा सेवारत भइन् । ‘ई–कमर्स’ मा दिनप्रतिदिन चुनौती थपिँदै गएको उनले बताइन् । ‘ग्राहकको सन्तुष्टि नै कम्पनीको मुख्य चुनौती हो’ उनले भनिन्, ‘ग्राहकहरूका फरक–फरक च्वाइस हुन्छन् । उनीहरूको सन्तुष्टिलाई पूरा गर्नु नै कम्पनीको मुख्य दायित्व पनि हो ।’ पछिल्लो समय ग्राहकहरू पनि ‘अनलाइन सपिङ’ प्रति जानकार हुँदै गएको उनको अनुभव छ । सुरुवाती समयमा ग्राहकहरूलाई अन्योल थियो । अहिलेको समयसम्म आइपुग्दा ‘अनलाइन सपिङ’ ग्राहकहरूलाई सहज बन्न थालेको उनको भनाइ छ । उनले भनिन्, ‘दराज एप १० लाख डाउनलोड भइसकेको छ । यसले पनि देखाउँछ कि ‘अनलाइन क्रेज’, दिनप्रतिदिन डाउनलोड गर्नेहरूको संख्या पनि बढ्दो छ ।’

 Image