Successfully Copied

विदेशी ‘रियालिटी शो’मा नेपाली 

पछिल्लो समय ‘रियालिटी शो’ प्रतिभा प्रदर्शन गर्ने ‘प्लेटफर्म’ बन्दै गएको छ । यो छिट्टै पहिचान दिने र प्रतिभा देखाउने माध्यम पनि हो । नेपालमा विभिन्न ‘रियालिटी शो’ संचालन हुँदै आएका छन् । यो पश्चिमा देशहरूबाट नेपालमा फस्टाएको देखिन्छ ।

पछिल्लो समय ‘रियालिटी शो’ प्रतिभा प्रदर्शन गर्ने ‘प्लेटफर्म’ बन्दै गएको छ । यो छिट्टै पहिचान दिने र प्रतिभा देखाउने माध्यम पनि हो । नेपालमा विभिन्न ‘रियालिटी शो’ संचालन हुँदै आएका छन् । यो पश्चिमा देशहरूबाट नेपालमा फस्टाएको देखिन्छ । यसलाई मन पराउनेहरूको समूह पनि बढ्दै गएको छ । ‘नेपाल आइडल’, ‘द भ्वाइस अफ नेपाल’ ‘हिमालय रोडिज’,‘सारेगमप’, र ‘डान्सिङ विथ स्टार नेपाल’ लगायतका ‘शो’ यहाँ चर्चित छन् । नेपाली ‘शो’मा चर्चित बनेर पछिल्लो समय विदेशी ‘रियालिटी शो’मा प्रवेश गर्नेको लहर चलेको उत्तिकै देखिन्छ । ‘नेपाल आइडल’बाट लोकप्रिय बनेकी मेनुका पौडेलले ‘टप एलिभेन’ बाट बाहिरिएसँगै भारतीय गायन ‘रियालिटी शो’ ‘सारेगमप’ मा सहभागी भइन् । दृष्टिविहीन उनले स्वरले धेरै ‘फ्यान’ बनाउन सफल भइन् । नेपालबाट उक्त रियालिटी शोमा पहिलो पटक सहभागी भएकी उनी ‘टप–फिप्टिन’ हुँदै ‘टम–थर्टिन’ सम्म पुगेकी थिइन् । शोका ‘जज’ले उनको गलाको राम्रो प्रशंसा गरे । त्यहाँसम्म पुग्नु नै आफ्ना लागि सफलता हासिल गरेको उनी बताउँछिन् । यस्ता कार्यक्रमले 

आफ्नो प्रतिभालाई निखार्न र छोटो समयमा परिचय दिन सहयोग गर्ने उनको भनाइ थियो । 

दिवस पोखरेल ‘अर्थर गन’ का रूपमा चिनिन्छन् । उनी अमेरिकी गायक तथा संगीतकारका रूपमा आफ्नो परिचय बनाउन सफल छन् । ‘अमेरिकन आइडल’ को १८ आंैं संस्करणका उपविजेता बन्न समेत उनले भ्याइसकेका छन् । सन् २०१९ को ‘रियालिटी शो’ मा उनी सहभागी थिए । काठमाडौंमै जन्मिएर हुर्केका उनी सानैदेखि गीत गाउन रुचाउँथे । आमाले गितार ल्याइदिएपछि उनी गायनमा थप हौसिए । अमेरिका पुगेपछि त्यहाँ स्थानीय रेस्टुरेन्टमा गाउँदै आफ्नो स्वरलाई उनी थप निखार्न थाले । उनले ‘ग्रहण’ नामक एल्बम पनि निकालिसकेका छन् । उनलाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरिएको छ । यो सँगै उनलाई नेपाली संगीतलाई विश्वसामु पुर्‍याउनु छ । उनी उक्त रियालिटी शोमा पुग्ने प्रथम नेपाली हुन् । 

एकताका नाचेर नै ‘भाइरल’ भएकी थिइन्–तेरिया मगर । उनले भारतीय टेलिभिजन च्यानल ‘कलर्स टेलिभिजन’बाट प्रसारण हुने ‘झल दिखला जा’ मा प्रथम स्थान हासिल गरिन् । यो प्रतियोगिताले उनलाई नेपालमा मात्र होइन विश्वसामु चिनाइदियो । उनी मगर नृत्यांगना पनि हुन् । उनी विभिन्न देशमा नृत्य प्रस्तुत गर्न सफल भइसकेकी छन् । त्यसबेला तेरिया १४ वर्षकी मात्र थिइन् । सानै उमेरमा उनी ‘रियालिटी शो’मा पुगिन् । ‘झलक दिखला जा’ को ‘रियालीटी शो’को उपाधि हो । यसमा अन्य नृत्य प्रतियोगिताका विजेताहरूबीच मात्रै प्रतिस्पर्धा भएको थियो । जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र कार पनि उपहार पाएकी थिइन् । उनले तेरिया फाउन्डेसनमार्फत विभिन्न कार्यक्रम संचालन गर्दै आएकी छन् । 

भारतको अर्को सांगीतिक ‘रियालिटी शो’‘सारेगमप लिटल च्याम्प्स’मा चर्चित बने इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसी । बच्चाहरूको साङ्गीतिक प्रतिभा प्रस्तुत गरिने ‘जी टीभी’ को उक्त प्रतियोगितात्मक कार्यक्रमको २०१९ को संस्करणमा यी दुई नेपाली बालक प्रतिस्पर्धामा थिए । उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिसन, मेगा अडिसन हुँदै उत्कृष्ट १६ मा पुगे । उक्त रियालिटी शोमा उनीहरूको स्वरले राम्रो प्रशंसा पाइरहेको छ । 

नेपाल बाहिरका नेपाली 

प्रशान्त तामाङ भारतीय टेलिभिजन च्यानल ‘सोनी इन्टरटेनमेन्ट’ टेलिभिजनबाट प्रसारण गरिएको ‘इण्डियन आइडल २००७’ नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली भाषी भारतीय हुन् । उक्त कार्यक्रममा सहभागी हुने उनी प्रथमभारतीय प्रहरी जवान पनि हुन् । प्रशान्तको जन्म भारत दार्जीलिङको तुङसुङमा भएको हो । जीवनमा कहिल्यै औपचारिक रूपमा संगीतको शिक्षा नलिएका उनले ‘आइडल’मा भने सफलता प्राप्त गरे । नेपाली मूलकी परिजिता बाँस्तोलाले गत महिना अमेरिकी ‘द भ्वाइस’ को तेस्रो चरणमा प्रवेश गरेसँगै चर्चा पाइन् । ‘द भ्वाइस’ को २२ औं संस्करणमा उनी सहभागी भइन् । उनको गायनको चर्चा नेपालमा राम्रैसँग चल्यो । उनले थुप्रै नेपाली एवं हिन्दी गीतमा स्वर दिएकी छन् । ‘अमेरिकी द भ्वाइसमा’ उनले राम्रै चर्चा पाइन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा बस्दै आएकी १७ वर्षीया परिजिता ‘द भ्वाइस’ प्रतियोगितामा सहभागी हुने प्रथम नेपाली अमेरिकी हुन् । उनी अमेरिकामै जन्मिएकी दोस्रो पुस्ता हुन् । अबको उनको योजनासंगीत क्षेत्रमै रमाउनु रहेको छ ।

 Image