Successfully Copied

डिजिटल रेप : कानुनी व्यवस्था र सजाय

डिजिटल रेप’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा ‘साइबरक्राइम’ हो भन्ने बुझिन्छ । तर, ‘साइबरक्राइम’ वास्तवमा शरीरबिनाको अपराध हो ।

डिजिटल रेप’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा ‘साइबरक्राइम’ हो भन्ने बुझिन्छ । तर, ‘साइबरक्राइम’ वास्तवमा शरीरबिनाको अपराध हो । यसलाई माध्यम बनाएर कानुनविपरीतको ‘ट्रयापिङ इन चाइल्ड एण्ड प्रोनोग्राफी’, बौद्धिक अधिकार र ‘भायोलेटिङ प्राइभेसी’ जस्ता अपराध हुन्छन् । ‘डिजिटल रेप’ बलात्कारकै रूपमा वर्गीकरण गरिएको छ । यसको अर्थ यो बिल्कुलै होइन कि यौन उत्पीडन इन्टरनेटको माध्यमबाट गरिएको होस् । ‘डिजिटल रेप’ अंग्रेजीको दुई शब्द ‘डिजिट’ र ‘रेप’ मिलेर बनेको हो । ‘डिजिट’ भनेको नेपालीमा ‘अंक’ हो । तर, अंग्रेजी शब्दकोशमा ‘औंला’ ‘औंठा’, ‘खुट्टाको औंला’ जस्तो शरीरको अंगलाई पनि ‘डिजिट’ भनिएको छ । यही अर्थलाई डिजिटल रेपमा लिइएको पाइन्छ । कसैले महिलाको अनुमतिबिना उसको गुप्ताङ्गमा आफ्नो औंला वा औंठा घुसाउनुलाई ‘डिजिटल रेप’ भनिन्छ अर्थात् कसैले आफ्नो ‘डिजिट’ प्रयोग गरी यौन उत्पीडन गरेमा ‘डिजिटल रेप’ ठहरिन्छ । भारतलगायतका मुलुकमा जस्तै नेपालमा पनि यसबारे कानुनी व्यवस्था छ ।

भारतमा यस्तो बलात्कारको एउटा केस (मुद्दा) उदाहरणका रूपमा लिने गरेको पाइन्छ । यो केसमा दुई वर्षीया बालिकामाथि बलात्कार भएको उल्लेख छ । केसमा उल्लेख भएअनुसार ती बालिकाको योनि रक्ताम्य थियो । आफ्नै बुवाले औंला योनिमा हाल्दा बालिकाको यो अवस्था भएको थियो । त्यस्तै, अर्को एउटा केस पनि भारतकै छ । यो केसमा एकजना अटो रिक्साचालकले ६० वर्षीया महिलाको योनिमा रड घुसाएको सँग सम्बन्धित छ । भारतको बलात्कार कानुनमा यसलाई पहिले अपराध भएको मानिन्थ्यो । तर, पछिल्लो समय त्यहाँ यो कानुन परिस्कृत भएको छ, जसमा ‘रेप’ भन्नाले लिङ्ग मुख वा गुदद्वारमा छिराउनु, योनिमा लिङ्ग केही मात्र छिराउनु, लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराए पनि जबरजस्ती करणी मानिन्छ ।

कानुनमा भएको व्यवस्थाअनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै किशोरी–बालिकालाई करणी गरे त्यस्ता महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिन्छ । कसैलाई पनि करकाप, अनुचित प्रभाव, डर, त्रास, झुकावमा पारी वा अपहरण गरी वा शरीर बन्दक लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । होस–ठेगानामा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । गुदद्वार वा मुखमा लिङ्ग पसाएर, गुदद्वार, मुख वा योनिमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिन्छ ।

नेपालमा जबर्जस्ती करणीसम्बन्धी गरिएको व्यवस्था भारतमा भन्दा विस्तृत परिभाषा गरेको पाइन्छ । यस परिभाषामा केस गरेको शब्दले के परिभाषित गरिन्छ भने योनिमा लिङ्गको प्रवेश मात्र रेप होइन कि अरु जुनसुकै वस्तु प्रयोग गर्नु बलात्कार हो भन्ने बुझिन्छ । यो परिभाषाले ‘डिजिटल रेप’ लाई समेत समेटेको छ ।

कसैले यस्तो जघन्य किसिमको बलात्कार गरे मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ बमोजिम सजायको व्यवस्था छ । १० वर्षदेखि १८ वर्षसम्मका बालिकालाई जबर्जस्ती करणी गरे २० वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था र १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षसम्म कैद सजायको व्यवस्था छ ।

- विनीता कार्की, अधिवक्ता

 Image