प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
चलचित्रवृत्तमा एउटा स्थापित मान्यता छ, ‘नायिकाको आयु (अवधि) अल्पकालीन हुन्छ’ । खासगरी विवाह वा घरजमपछि अधिकांश नायिका व्यावसायिक जीवनमा फर्कन सक्दैनन् । उनीहरू परिवार र बालबच्चामा रमाउन थाल्छन् । नेपाली चलचित्र क्षेत्र पनि यस किसिमको प्रवृत्तिबाट अछूतो छैन ।
अभिनेतृहरू
आउने–जाने क्रम चलिरहन्छ । एकताका रेखा थापा अब्बल नायिका थिइन् । उनले आफूलाई नायिकाका रूपमा मात्र नभई निर्देशकका रूपमा पनि चिनाइन् । चलचित्रमा महिला मुद्दालाई समेत उनले स्थान दिइन् । ‘हिम्मतवाली’, ‘हिरो’ जस्ता चलचित्र बनाएर हालिमुहाली गरिरहेको समयमा प्रियंका कार्की उदाइन् । रेखा राजनीतिमा लागेपछि प्रियंका चलचित्र उद्योगमा छाइन् । उनी नेपाली चलचित्रमा ‘हिट’ नायिका हुन् । थुप्रै हिट चलचित्र दिएकी उनी गर्भावस्थामा पनि चर्चित भइन् । विवाहअघिसम्म उनी चलचित्रमा जति सक्रिय थिइन्, विवाहपछि घरगृहस्थीमा बढी रमाइरहेकी छन् । उनले ‘भ्लग’ बनाएर युट्युब पनि सञ्चालनमा ल्याएकी छन् । विज्ञापनका केही म्युजिक भिडियोमा देखिएकी उनी ठूलो पर्दामा विवाहपछि कमै देखिइन् ।

‘म्युजिक भिडियो’ र ‘मोडलिङ’ हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी वर्षा राउत पनि यो क्षेत्रबाट हराउँदै गएकी छन् । व्यवसायी संजोक कोइरालासँग विवाह गरेपछि भने व्यापार र गृहस्थीमा उनी व्यस्त छिन् । अभिनेतृ ऋचा शर्मा विवाहपछि टेलिभिजन ‘रियालिटी शो’ मा फाट्टफुट्ट देखिए पनि चलचित्रमा सक्रिय छ्रैनन् । ‘कवड्डी फेम्ड’ अभिनेतृ रुस्मा गुरुङ पनि विवाहपछि चर्चामा आएकी छैनन् । यसैगरी, आँचल शर्मा पनि विवाहपछि चलचित्रमा कमै देखिएकी छन् । आँचलले विवाहपछि चलचित्रमा बिस्तारै कमब्याक गर्न थालेकी छन् । नेपाली चलचित्रमा विवाहपछि नायिकाहरू हराउने ‘टेन्ड्र’ बढ्दै गएको छ । कुनै बेलाका चर्चित नायिकाहरू गुमगाम हुन थालेका छन् । त्यसैले पनि चलचित्रमा सधै प्रश्न उठ्ने गर्छ–अब कसको पालो ? विवाहपछि नायिकाहरू चलचित्रमा नदेखिने भए पनि यो क्षेत्रलाई निरन्तरता दिएकी नायिका हुन्–स्वस्तिमा खड्का । उनलाई विवाहपछि भने रोकतोक लागेको देखिँदैन । उनलाई नेपाली चलचित्रमा अपवादका रूपमा लिइन्छ ।

त्यसो त रजतपटमा नयाँ–नयाँ अभिनेतृ आउने क्रम पनि जारी छ । सुरक्षा पन्त, उपसनासिंह ठकुरी, मल्लिका महत, जसिता गुरुङ, कृष्टिना गुरुङ आदि अभिनेतृ छन् । के अब यिनै अभिनेतृले नेपाली चलचित्रलाई डोर्याउलान् ? चलचित्र समीक्षक सामीप्यराज तिमिल्सिना भने लहैलहैमा होस् वा टिकटक बनाएर चलचित्रमा आउने रहरले पनि लामो समय नायिकाहरू टिक्न नसकेको बताउँछन् । उनले भने चलचित्रमा अध्ययनबिना आउने भएकाले पनि नायिकाहरू लामो समय टिक्न सकिरहेका छैनन् । फिल्म निर्माता र निर्देशकहरूले राम्रालाई भन्दा हाम्रालाई हेर्ने भएकाले पनि नायिकाहरू विलीन हुँदै गएको अवस्था रहेको उनले बताए । उनले भने, ‘निर्माता–निर्देशकहरूले राम्रा नायिकाहरूलाई छनोट गर्नुभन्दा पनि आफ्नालाई चलचित्रमा खेलाएर नायिकाहरू लामो समय टिक्न सकेका छैनन् ।’ पारिवारिक झमेलामा परेर होस् वा व्यक्तिगत कारणले चलचित्र छोड्नेहरू धेरैछन् । तर, आगामी दिनमा स्वस्तिमा खड्का, आना शर्मा, उपासनासिंह ठकुरीलगायतका नायिकाहरूले चलचित्र हाँक्न सक्ने क्षमता उनले देखेका छन् । उनीहरू चलचित्रलाई बुझ्न सक्ने क्षमता र ‘एक्टिङ प्यासन’ भएकाले पनि लामो समय चलचित्र हाँक्न सक्छन् भन्ने उनलाई लागेको छ । विदेशी चलचित्रहरूमा लामो समयसम्म अभिनेतृहरूको अभिनय रहेको हुन्छ । उनीहरू चलचित्रमा कालजयी रहेका हुन्छन् । तर, नेपालमा नायिकाहरू लामो समयसम्म टिक्न नसक्नु दुःखलाग्दो रहेको चलचित्र निर्देशक दीपेन्द्र के खनालले बताए । उनका अनुसार नायिकाहरूको व्यक्तिगत कारणले उद्योगले पनि नायिकाहरूलाई ‘बोल्ड’ रूपमा प्रस्तुत नगर्नुले पनि उनीहरू पलायन हुने चलन रहँदै आएको हो । उनले भने, ‘नेपालमा अझै पनि पुरुषप्रधान छ । त्यसमा नेपाली चलचित्र पनि अछूतो छैन । त्यसैले चलचित्रमा महिलाले मुख्य भूमिका पाएका छैनन् ।’

दर्शकहरूले पनि ‘हिरो’ खोज्ने भएकाले पुरुषलाई ‘हिरो’ बनाउने चलन छ । महिलाहरूलाई पनि हिरोका रूपमा स्थापित गर्न सके लामो समय यही क्षेत्रमा रहन्छन् जस्तो लाग्छ । आगामी दिनमा स्वस्तिमा खड्का र सुरक्षा पन्त चलचित्र डोर्याउन सक्ने नायिकाका रूपमा रहने उनले बताएका छन् । यी दुई नायिकामा सबै क्षेत्रमा फिट हुन सक्ने क्षमता उनले देखेका छन् ।

– सामीप्यराज तिमिल्सिना
फिल्म निर्माता र निर्देशकहरूले राम्रालाई भन्दा हाम्रालाई हेर्ने भएकाले पनि नायिकाहरू विलीन हुँदै गएको अवस्था छ ।

– दीपेन्द्र के खनाल
नेपालमा नायिकाहरू लामो समयसम्म टिक्न नसक्नु दुःखलाग्दो कुरा हो ।