जाडोमा बालबालिकाको स्वास्थ्य

मीरा शाह

मंसिर २१, २०७९

जाडो महिना सुरु भएसँगै पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा ‘निमोनिया’को उच्च जोखिम हुन्छ । मौसम परिवर्तनसँगै जीवाणु देखापर्नुका साथै संक्रमण देखिन थाल्छ । अहिले रुघाखोकी, ज्वरो, बाथ आदिको समस्या छ । नेपालमा बर्सेनि २३ हजार बालबालिकाको ‘निमोनिया’बाट मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । कुपोषण, बाल मृत्युदर, रक्तअल्पतालगायतका कारणले त मृत्यु हुन्छ नै तर हरेक वर्ष २३ हजार बालबालिकाको मृत्यु हुनु भनेको निकै दुःखलाग्दो कुरा हो ।  समयमै यसको रोकथाम हुनु आवश्यक छ । हरेक ३९ सेकेन्डमा बाल मृत्युको मुख्य कारण निमोनिया देखिएको छ । मृत्यु हुनेमा १३ प्रतिशत ५ वर्षमुनिका बालबालिका छन् । त्यस्तै, नेपालमा गरिबी, अशिक्षा, खोपको अभाव, रोग पत्ता लगाउन ढिलाइ आदि कारणले पनि अकालमै धेरैले ज्यान गुमाउन बाध्य छन् । नेपाल सरकारले सन् २००९ देखि नोभेम्बर १२ मा ‘विश्व निमोनिया दिवस’ मनाउन थालेको छ ।

नेपालमा ‘पीसीभी १०’ को नियमित खोप संचालन गरिसकिएको छ । नियमित खोपले ५० प्रतिशत निमोनियामा कमी आएको अध्ययनले देखाएको छ । अस्पतालमा भर्ना हुने बालबालिका ५० प्रतिशतले कम भएको तथ्यांकले देखाएको छ ।

विभिन्न प्रकारका निमोनिया

ब्रोन्काइटिस निमोनियामा बालबालिका थाक्ने, घाँटी बस्ने, नाक बन्द हुने, सिंगान बग्ने, जम्ने, ज्वरो आउने, शरीर र टाउको दुख्ने आदि लक्षण देखा पर्छन् ।

त्यस्तै अन्य निमोनियामा ब्याक्टेरियल, भाइरल र फंगल हुन् । विभिन्न किसिमका कीटाणु तथा जीवाणुले फोक्सोमा संक्रमण गरेपछि निमोनिया हुन्छ ।

लक्षणहरू

ज्वरो आउनु, घाँटी दुख्नु, सास फेर्न गाह्रो हुनु, नाक बन्द हुनु, सिंगान आउनु,घ्यार–घ्यार गर्नु, आवाज आउनु, खान मन नगर्नु, रुघाखोकी लाग्नु,रोइराख्नु,  छटपटिनु, राति सुत्न गाह्रो हुनु ।

कारण

बालबालिकामा सरसफाइको कमी हुने, हात नधोई कुनै सामान समात्ने, बोक्ने, खानेकुरा खाने वा खान दिने, व्यक्तिगत सरसफाइमा कमी हुने, न्यानो लुगा नलगाउने, लगाए पनि गुम्म पारेर राख्ने, पसिना आए पनि लुगा नफुकाल्ने, बिर्सनेआदि कारणले निमोनिया हुनसक्छ ।

बच्ने उपाय

व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खाना खुवाउँदा, बच्चा समात्दा वा बोक्दा राम्ररी हात धुने ।

लुगा डम्म लाए पनि राति चेक गर्ने, पसिना आएको छ भने लुगा बदलिदिएर पनि निमोनियाबाट बच्न सकिन्छ । त्यस्तै अन्य उपायहरूमा बालबालिकालाई न्याना, सुतीका कपडाको टोपी  लाउने,सुतीका कपडा प्रयोग गर्ने, धूलोधूवाँबाट बालबालिकालाई जोगाएर राख्ने, खानेकुरा ताजा र घरको मात्रै खुवाउने, बाफ दिने आदि हुन् । समस्या नियन्त्रणमा नआए बाल चिकित्सकस“ग समयमै परामर्श लिनुपर्छ ।

आफ्नै मनले औषधोपचार कहिल्यै गर्नु हुँदैन ।

घरेलु उपचार

अदुवा–यसमा ‘एन्टी इन्फ्लामेटरी’ तत्व पाइन्छ । यो शिशुलाई विभिन्न तरिकाले खुवाउन सकिन्छ । अदुवा, मह, तुलसीका पातको रस आदि थोरै मात्रामा दिन सकिन्छ । अदुवा ताजा सुपमा मिसाएर बालबालिकालाई दिन सकिन्छ । चिया, सलादलगायतका खानेकुरामा अदुवा हालेर पनि दिन सकिन्छ ।

लसुन–लसुनले ‘ब्रोन्काइटिस’ संक्रमणमा एकदमै महत्वपूर्ण भूमिका खेल्छ । लसुन पनि विभिन्न तरिकाले सेवन गराउन सकिन्छ ।

बेसार–यो पनि ‘एन्टी भाइरल’, ‘एन्टी ब्याक्टेरियल’ तथा ‘इन्फ्लामेटरी’ सबै भएको तत्व मानिन्छ । बेसार फोक्सोको संक्रमणमा एकदमै राम्रो मानिन्छ । यसले ‘इम्युन’ प्रणालीलाई बलियो बनाउ“छ । यसको प्रयोग सुप, चिया, मह आदिसँग गर्न सकिन्छ ।

झोल पदार्थ–ताजा तरकारीको सुप, दाल, क्वाँटीको सुप, मसरुमको सुप, चिकेनको सुप, गोलभेंडा, गहतको सुप, मेथीको सागको सुप, आलस, तिलको धूलो, घिउ आदि राखेर खुवाउन सकिन्छ। तरल पदार्थ, झोल खानेकुराले शरीरमा पानीको कमी हुन दिँदैन।

कालो सिमीको सुप–यसमा विभिन्न प्रकारको पोषक तत्व पाइन्छ । एक कप पकाएको सुपमा १५ ग्राम फाइबर हुन्छ ।यो जाडो महिनामा मात्र नभई सधैं सेवन गर्न र गराउन सकिन्छ । यो प्रोटिनको राम्रो स्रोत हो । यसमा ‘नो कोलेस्टेरोल’, ‘एन्टी अक्सिडेन्ट’,‘एन्टीइन्फ्लामेटेरी’ को यौगिक तत्वको संमिश्रण भएकाले ‘इम्युन’ प्रणालीमा सहयोग पुग्छ । यसमा मांसाहारीले चिकेन राखेर पकाउन सकिन्छ भने शाकाहारीले गोलभेंडा, धनिया“, तोफु, ताजा तरकारी, सागपात आदि मिसाएर खुवाउन सकिन्छ ।

काउलीको सुप–यो पनि पोषक तत्वले भरिपूर्ण तथा क्यान्सरको सेललाई निस्क्रिय गर्न सहयोग पु¥याउँछ । यसमा ‘ग्लुकोसिनोल्याटस’ तथा ‘आइसोथियोक्यानेटस’ पाइने भएकाले क्यान्सर सेलको वृद्धिमा कमी गराउँछ । यसमा ‘एन्टी अक्सिडेन्ट सल्फोराकेन’पाइने भएकाले क्यान्सर रोकथाममा सहयोग गर्छ ।

हरियो केराउको सुप–यो सुप जुनसुकै उमेर समूहलाई उपयोगी मानिन्छ । शाकाहारीका लागि अति नै राम्रो मानिन्छ ।यो सुपमा लौह तत्व, खनिज तत्व, जिंक, फाइबर, भिटामिन ‘सी’, आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा ‘एन्टी अक्सिडेन्ट’ हुन्छ । यो सुपको सेवन मधुमेह, उच्च रक्तचाप, कार्डियो भास्कुलर डिजिज, अर्थराइटिस आदिमा गर्न सकिन्छ ।

(शाह कीर्तिपुर अस्पतालकी आहार तथा पोषणविज्ञ हुन्)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>