Successfully Copied

लोकदोहोरीमा जम्दै सुनीता

स्याङ्जाकी सुनीता नेपाली सानैदेखि लोकगीत सुन्दै हुर्किइन् । चर्चित गायक–गायिका राजु परियार, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपानेका लोकगीतहरू सुन्दा उनलाई पनि यस्तै गाउने रहर जाग्यो । क्याम्पस अध्ययनकै क्रममा उनी यो क्षेत्रमा प्रवेश गरिन् र यसैलाई आफ्नो करिअरका रूपमा अगाडि बढाउने निष्कर्षमा पुगिन् ।

स्याङ्जाकी सुनीता नेपाली सानैदेखि लोकगीत सुन्दै हुर्किइन् । चर्चित गायक–गायिका राजु परियार, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपानेका लोकगीतहरू सुन्दा उनलाई पनि यस्तै गाउने रहर जाग्यो । क्याम्पस अध्ययनकै क्रममा उनी यो क्षेत्रमा प्रवेश गरिन् र यसैलाई आफ्नो करिअरका रूपमा अगाडि बढाउने निष्कर्षमा पुगिन् । ०७१ मा ‘जीवन साथी खोज्न हिँडेको’ बोलको गीतमा स्वर दिएसँगै उनले लोकगीतमा आफ्नो करिअर स्थापित गर्न सफल भइन् । त्यसयता उनका लोकगीत ‘मायाको जाल हाल्दै’, ‘अहिलेसम्म छैन चिनेको’, ‘धोका’ चर्चित भइसकेका छन्् । साथै उनले थुप्रै तीज गीतहरू पनि सार्वजनिक गरिसकेकी छन् । उनी आफ्नो गीतमा मोडलिङ पनि गर्छिन् । उनले भनिन्, ‘मलाई गीत भन्दा पनि नाच्न एकदमै मन पर्छ । त्यसकारण आफ्ना गीतहरूमा आफै मोडलिङ पनि गर्छु ।’ पछिल्लो समय स्नातकमा अध्ययनरत उनी ‘लाइभ स्टेज’ मा दोहोरी गीतहरूमा सक्रिय छिन् । उनले स्वदेशमा मात्र होइन भारतका सिलाङ, सिलगुडी, दिल्ली आदि ठाउँमा आफ्नो ‘लाइभ’ प्रस्तुति दिइसकेकी छन् । पोखरालाई कर्मथलो बनाएर लोकगीतलाई अगाडि बढाइरहेकी उनले यस वर्षको ‘उत्कृष्ट नव लोकगायिका’ को अवार्ड हात पारेकी छन् । अवार्डले आफूलाई गायन क्षेत्रमा अघि बढ्न थप हौसलामिलेको प्रतिक्रिया दिएकी छन् ।

 Image