Successfully Copied

सञ्चारकर्मी राधिकाको फूल फूल्यो फक्रियो’ सार्वजनिक

सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ।


 सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ। गायिका तारा अधिकारीको स्वरमा सजिएको यस गीतमा चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने सविन सुवेदीले संगीत संयोजन गरेका छन्।
यो गीत राधिका अधिकारीको पााचाौ सार्वजनिक गीत हो। सन् २०७२ मा ‘किनारा’ एकल एल्बम मार्फत् संगीत क्षेत्रमा प्रवेश गरेकी अधिकारीका हालसम्म दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन्। सामाजिक मुद्दा उठाउन लेखनमा सक्रिय अधिकारीका गीतहरूमा पनि जीवन, मानवीय संवेदना र समाजप्रतिको उत्तरदायित्व झल्किन्छ। बिन्ध्यबासिनी म्युजिकबाट सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव–नायक सागर खनालको प्रेमिल अभिनय देख्न सकिन्छ। गीत जीवनको मध्यबिन्दुमा बााचिआएको अनुभव र भावनालाई समेटिएको छ।

प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोलाई भुपेन्द्र थापा मगरले खिचेका हुन् भने सम्पादन माधव बेलबासेले गरेका छन्। गीतले दर्शकमाझ नयाँ  भावनात्मक तरंग ल्याउने विश्वास गरिएको छ।

 Image