ग्रिल्ड चिकेन

नारी संवाददाता

मंसिर १९, २०७९ सामग्री : चिकेन, ओलिभ आयल, बटर, मस्टर्ड पेस्ट, मरिचको धूलो, लसुन, नुन, इटालियन हर्ब्स, सिजनल भेजिटेबल, पाप्रिका पेस्ट तथा क्रिम ।

विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने । सिजनल भेजिटेबललाई एकै किसिमको आकारमा काटेर ओलिभ आयल र बटरमा ५ मिनेटजति भुट्ने र अन्तिममा पार्सली हालिदिने । अब चिकेनलाई ग्रिलर वा तावामा ग्रिल्ड गर्ने । 

ससका लागि बटरमा क्रस्ड गार्लिक हालेर भुट्ने, त्यसमाथि पाप्रिका पेस्ट, मस्टर्ड पेस्ट, सेतो मरिचको धूलो अनि स्वादअनुसार नुन राखेर अन्तिममा एक टेबल चम्चा क्रिम हाल्ने । स्न्याक्स तथा मेन कोर्सका लागि समेत उपयुक्त यो परिकार स्वादिष्ट, स्वास्थ्यबर्द्धक र पाौष्टिकताले भरिपूर्ण छ । 

प्रेमबहादुर सुनुवार

सेफ, एलिभेट लाउन्ज एण्ड क्लब, रञ्जनागल्ली, न्यूरोड 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>