नेपालीलाई ‘हेरिटेज प्याजेन्टस्’ अवार्ड

नारी संवाददाता

मंसिर ११, २०७९

मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२’ मा नेपालका परिन्दा  परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड पाएका छन् । प्रतियोगितामा परिन्दाले ‘मिसेस् एलिगेन्स’ र परिसाले ‘मिस मल्टिमिडिया’ अवार्ड जित्न सफल भएका हुन् ।

परिन्दा  परी श्रेष्ठ

पाँचौ संस्करणको ‘हेरिटेज प्याजेन्टस्’ मा रसियाकी ३० वर्षीया एना किरिलिनाले ‘मिस हेरिटेज इन्टरनेसनल २०२२’ को उपाधि प्राप्त गरिन् । यसैगरी, थाइल्यान्डकी ३९ वर्षीया फोन्टिप श्रीवारन्यु ‘मिसेस् हेरिटेज इन्टरनेसनल २०२२’ का रूपमा चयन भइन् ।

परिसा रानाभाट

प्रतियोगिताका प्रस्तुतिहरूको निर्देशन नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेसियाका वेस्ली सअले संयुक्त रूपमा गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका विमल सुवेदीलाई समावेश गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>