Successfully Copied

आकर्षक नङ

पछिल्लो समय लामो नङ पाल्ने चलन छ । विवाह पार्टीमा लामो नङमा आर्ट गर्ने चलन अनिवार्य भइसक्यो । रंगीबिरंगी, विभिन्न डिजाइन र आकारमा बनाइने नङले हातको सौन्दर्य बढाउनुका साथै व्यक्तित्व निखार्छ । 

पछिल्लो समय लामो नङ पाल्ने चलन छ । विवाह पार्टीमा लामो नङमा आर्ट गर्ने चलन अनिवार्य भइसक्यो । रंगीबिरंगी, विभिन्न डिजाइन र आकारमा बनाइने नङले हातको सौन्दर्य बढाउनुका साथै व्यक्तित्व निखार्छ । 

नङको सफाइ

नङको सौन्दर्य बनाउन यसको उचित हेरचाह आवश्यक हुन्छ । नङ काटेर सफा राखेपछि मात्र यो स्वस्थ बन्छ । नङ हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसैले यसको हेरचाह एकदमै जरुरी छ । नङभित्र अड्केको फोहोर र ब्याक्टेरियालाई हटाउनु जरुरी छ । यसका लागि ‘मेनिक्योर’ गर्नुपर्छ । यसमा नेल कट, फाइलिङ, क्युटिकल कटिङ, हातका मृतकोशिकाहरू हटाइन्छ । महिनामा एकपटक ‘मेनिक्योर’गरे हात मुलायम र नङ स्वस्थ हुन्छन् । 

स्वस्थ आहार

नङलाई आकर्षक बनाउन नङ निरोगी हुन आवश्यक छ । कहिलेकाहीँ नङ बीचबाट चिरिएर जान्छ । यो भिटामिन ‘ए’ को कमीले गर्दा हुन्छ । त्यसैले भोजनमा भिटामिन ‘ए’ दैनिक रूपमा समावेश गर्नुपर्छ । त्यस्तै, नङलाई स्वस्थ राख्न क्याल्सियम र प्रोटिनको नियमित मात्रामा सेवन गर्नुपर्छ । यसले नङ टुक्रिने समस्या आउँदैन । 

सही आकार

हातको सौन्दर्य बढाउन नङको सही सेप हुनुपर्छ । नङको सेप विभिन्न किसिमका हुन्छन् । स्क्वायर, ओभल, आलमन्ड, कफिन, राउन्ड, बलेरिना, स्क्वावल हुन्छ । औंलाको लम्बाइअनुसार नङको सेप बनाए अझ आकर्षक देखिन्छ । अलि मोटो औंला छ भने ओभल, राउन्ड वा कफिन सेप राम्रो देखिन्छ । यसले औंलालाई लामो देखाउन मद्दत गर्छ । लामो औंला भएकाहरूले अझ आकर्षक देखाउन कफिन वा बलेरिना सेपको बनाउन सक्छन् । पातलो र लामो औंलामा स्क्वायर सेप सुहाउँछ । 

नेल आर्ट

नङलाई आकर्षक बनाउने विधि हो, नेल आर्ट । पहिरनको रंगसँग संयोजन मिलाएर नेल आर्ट गर्दा अझ राम्रो देखिन्छ । नङ राम्रो छैन वा ढिलो बढ्छ भने ‘फेक नेल एक्सटेन्सन’ गर्न सकिन्छ । पछिल्लो समय यस्तो नेल बनाउने क्रेज बढ्दो छ । तर यसको स्याहार पनि उत्तिकै जरुरी छ । 

नेलपोलिस

नेलपोलिसले नङको सौन्दर्य बढाउँछ । तर सही तरिकाले नेलपोलिस नलगाउँदा हात भद्दा र नराम्रो देखिन्छ । तसर्थ नेलपोलिस लगाउँदा नङ सुख्खा हुनुपर्छ । नेलपोलिस लगाउनुपूर्व नङलाई सही सेप दिन बिर्सनुहुँदैन । त्यसपछि बेस कोट लगाएर सुकेपछि नेलपोलिस लगाउनुपर्छ । नेलपोलिसको छनोट आफ्नो पहिरनको रंगसँग मिल्ने गर्दा राम्रो देखिन्छ । पहिलो कोट लगाएर सुकेपछि दोस्रो कोट लगाउनुपर्छ । नेलपोलिस गुणस्तरीय हुनुपर्छ । नेलपोलिस लगाइसकेपछि हातलाई चिसो पानीमा डुबाउनुपर्छ । यसले नेलपोलिस राम्रोसँग सुक्छ र साइनिङ पनि आउँछ । 

- मोनिका श्रेष्ठ, नेल आर्टिस्ट हेयर एण्ड शान्ती 

 Image