Successfully Copied

महिला बचतप्रति सजग भएका छन् 

पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।

नेपालमा नारी बचतकर्ताको अवस्था कस्तो छ ?

पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ । नारीहरूमा आएको आर्थिक सशक्तीकरणले देशको समग्र अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास बैंकको छ । 

हालसम्म सिद्धार्थ बैंकका समग्र बचतकर्तामा महिलाको संख्या ६ लाखको हाराहारीमा छ । बैंकले सुरुदेखि नै महिला वर्गलाई लक्षित गरेर बैकिङ बानीको बिकास गर्ने उद्देश्य लिएर सिद्धार्थ बैंकले ‘सिद्धार्थ नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकको फाइनान्सियल एसेस रिपोर्ट २०२१ अनुसार १ करोड ६ लाख १० हजार महिलाका बैंकिङ खाता संचालनमा रहेका छन् । 

सिद्धार्थ बैंकमा महिला बचतकर्ताका लागि के–कस्ता सेवा–सुविधा उपलब्ध छन् ?

सिद्धार्थ बैंकको १४ वर्षअघिदेखि नै ‘सिद्धार्थ नारी बचत’ खाता संचालनमा आएको छ । सिद्धार्थ बैंकमा हाल ५५ हजार महिलाले यो खाता खोलिसकेका छन् । 

हालै बैंकले तीजको अवसर पारेर महिला लक्षित कार्यक्रम चलाएको छ । यो कार्यक्रम अवधिमा खाता खोल्ने ग्राहकलाई लकर सुविधामा ५० प्रतिशत, डेबिड कार्डमा १ वर्ष, यु एन ओ (उनो) क्रेडिट कार्डमा १ वर्ष र एसमएस, बैंक स्मार्ट एक्सपीमा १ वर्षको छुटलगायतका सुविधा प्रदान गरेको छ । यो सुविधा सीमित अवधिको लागि संचालनमा ल्याईएको छ ।

नारी बचत खाताका फाइदाहरू के–के छन् ? 

नारी बचतखाता खोल्दा शून्य मौज्दातमा खाता संचालन गर्न सकिने, आकर्षक ब्याजदर र बैंकका विभिन्न सेवा–सुविधामा छुट प्राप्त गर्न सकिन्छ ।

यस खातामा बैकंले विभिन्न डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरेको छ । अहिलेको बद्लिदो समयमा महिला वर्गलाई पनि डिजिटल कारोबार गर्न अझै बढी प्रेरीत गराउने उद्देश्य लिएर बैकंले यि विभिन्न बैंकिङ सुविधाहरू यस खातामा निःशुल्क गराएको छ । 

सिद्धार्थ बैंकबाट महिलाले कर्जा लिन कत्तिको सहज छ ? विनाधितो ऋणको सुविधा छ कि छैन ?

हाम्रो बैंकले सहज रूपमै महिलालाई ऋण प्रवाह गर्दै आएको छ । महिला उद्यमशील कर्जा (सहुलियतपूर्ण कर्जा) १५ लाखसम्म विनाधितो पनि उद्दमी महिलावर्गलाई दिइँदै आएको छ । यो ऋण लिँदा बैंकले कुनै सेवा शुल्क लिँदैन । यस किसिमको कर्जाको बिमा सुविधा लिनुपरे ५० प्रतिशतसम्म बिमाको प्रिमियममा सरकारले अनुदान दिने गरेको छ । यो कर्जा वास्तविक रुपमै उद्योग, व्यवसाय गर्ने उद्देश्यले प्रेरित उद्योगी महिलाहरूलाई विनाधितो पनि उपलब्ध गराउँदै आएको छ । 

 

 Image