मटन तास
आश्विन १२, २०७९
सेफ, अनुपम फुडल्यान्ड
सामग्री : खसीको मासु–एक किलो, तोरीको तेल–२५० मिलिलिटर, कुच्चाको अदुवा–१२० ग्राम, कुच्चाको लसुन– १०० ग्राम, जिरा–१०० ग्राम, धनियाँ र सुकेको खुर्सानीलाई पिस्ने, हरियो धनियाँ–२५ ग्राम, नुन स्वादअनुसार, बेसार–३० ग्राम, कस्मिरी खुर्सानीको धूलो–२० ग्राम, हरियो खुर्सानी–१०० ग्राम ।
विधि : माथि तयार पारेको सबै सामग्री मासुमा हालेर मोल्ने र ४५ देखि ६० मिनेटसम्म फ्रिजमा राख्ने ।
त्यसपछि घरमा उपलब्ध भएको फ्राइ प्यान वा तावामा तोरीको तेल हालेर फ्राई गर्ने । बेलाबेलामा चलाउँदै बिस्तारै पकाउने ।
डामेको माछा
सामग्री :
विधि : माथि तयार पारेको सबै मरमसला हालेर माछालाई मेरिनेट गर्ने । १५ देखि २० मिनेटसम्म फ्रिजमा राख्ने । त्यसपछि यसलाई आफ्नो स्वादअनुसार पोलेर, ग्रिल्ड गरेर वा फ्राई गरेर खान सकिन्छ ।
पोलेको कुखुराको मासु
सामग्री :
विधि : माथि तयार पारेको सबै सामग्रीलाई मिक्स गरेर पिस्ने । त्यसपछि कुखुराको मासुमा मोल्ने र ४५ मिनेट जति फ्रिजमा राखिदिने । त्यसपछि तावामा तेल तताएर फ्राई गर्ने वा ग्रिल्ड गर्न पनि सकिन्छ ।
आफ्नो स्वादअनुसार पोलेर स्न्याक्सका रूपमा पनि खान सकिन्छ ।
मधु पन्थी
प्रबन्ध निर्देशक, अनुपम फुडल्यान्ड
अनुपम फुडल्यान्डको विशेषता के हो ?
खुल्ला र शान्त ठाउँ तथा स्वादिलो र स्वस्थ खानेकुरा यहाँको विशेषता हो । ‘फुड एण्ड वेभरेज’ मा यो एकमात्र ‘आइएसो’ प्राप्त रेस्टुरेन्ट हो । यहाँ पार्किङका लागि पर्याप्त ठाउँ छ ।
नेपालीहरूमा खाना खाने संस्कार कस्तो पाउनुभएको छ ?
नेपालीहरूमा खानाको रोजाइमा खासै परिवर्तन भएको छैन । १० देखि १५ प्रतिशत ग्राहकहरू मात्र नयाँ–नयाँ स्वाद चाख्न मनपराउँछन् । बाँकी सबैको मःम, पिज्जा, चाउमिन नै प्यारो छ । परिवर्तन नहुनका पछाडि खानाको स्वादप्रति विश्वास नुहुनु हो कि जस्तो लाग्छ । मगाइसकेपछि मीठो नहोला भन्ने हुनसक्छ ।
यसले समग्र व्यवसायमा के प्रभाव पार्ला ?
अवश्य पार्छ । रेस्टुरेन्टहरूलाई खानेकुरामा नयाँ–नयाँ प्रयोग गर्न वा फ्युजन गर्दा ग्राहकले रुचाउँदैनन् भन्ने भय रहिरहन्छ । जसले गर्दा स्वस्थ प्रतिस्पर्धा गर्न सकिँदैन । साथै सेफहरू पनि खानामा नयाँ प्रयोग गर्न डराउँछन् । उनीहरूले सिर्जनशील क्षमता उजागार गर्न पाउँदैनन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्