Successfully Copied

पोलेको बंगुर 

विधि : मासुलाई नुन, स्पेसल सस, रोजमेरी राखेर केही बेर मेरिनेट गर्ने । त्यसपछि प्लेटमा राखेर भट्टीमा पोल्ने । २० मिनेटपछि निकालेर टुक्रा पारेर टिम्मुरको अचारसँग खान सकिन्छ । 

सामग्री : बंगुरको करङको भागको मासु जुन चार लेयरको हुन्छ । यसको मोटाइ पौने इन्चको र लम्बाइ ८ इन्चको हुन्छ । नुन स्वादअनुसार, स्पेसल सस र रोजमेरी । 

विधि : मासुलाई नुन, स्पेसल सस, रोजमेरी राखेर केही बेर मेरिनेट गर्ने । त्यसपछि प्लेटमा राखेर भट्टीमा पोल्ने । २० मिनेटपछि निकालेर टुक्रा पारेर टिम्मुरको अचारसँग खान सकिन्छ । 

 

रेस्टुरेन्ट व्यवसायमा कहिलेदेखि आबद्ध हुनुहुन्छ ?

यो क्षेत्रमा ११ वर्षदेखि सक्रिय छु । पोखराको लेकसाइडबाट सुरु गरेको पोखरा पिज्जा धुम्बाराही हुँदै अहिले कुपण्डोलमा सञ्चालनमा ल्याएको हो । यसको शाखा अझै बिस्तार गर्ने योजनमा छ । 

यस क्षेत्रमा लाग्नुको कारण ?

नेपाली स्वादलाई विश्वसामु चिनाउने सजिलो माध्यम हो, रेस्टुरेन्ट । यहाँ पाउने हरेक खानामा नेपाली स्वाद पाउन सकिन्छ । अन्य खानेकुरामा पनि फ्युजन गरिएको छ । 

ग्राहकले ‘पोखरा पिज्जा’ नै किन रोज्ने ?

मुख्य त यहाँको स्वाद नै हो । ग्राहकले यहाँ बेग्लै मौलिक स्वाद चाख्न पाउँछन् । मेनुमा भएको ९० प्रतिशत खानेकुरा भट्टीमा पोलेर बनाइन्छ । ग्राहकले औधी रुचाएको यहाँको खानाको ‘स्मोकी फ्लेवर’ नै हो । अर्को यहाँको सेवा र उचित मूल्य पनि हो ।

पोलेको विंग्स 

सामग्रीः  विंग्स, स्पेसल सस, रोजमेरी, नुन स्वादअनुसार । 

विधिः  विंग्समा सस, नुन, रोजमेरी हालेर मेरिनेट गर्ने र प्लेटमा राखेर भट्टीमा पोल्ने । पहिले हल्का पोल्ने र फेरि निकालेर अघि राखेको मसला फेरि हालेर १५ मिनेट पोल्ने । यो परिकार स्न्याक्सका रुपमा खान सकिन्छ । 

 

पोलेको माछा

सामग्री : एउटा पंगासेस माछा, स्पेसल सस (ओलिभ आयल, पोलेको रातो खुर्सानी र लसुन मिसाएर बनाइएको), नुन स्वादअनुसार, थोरै रोजमेरी । 

विधि : सबैभन्दा पहिले माछालाई पिस बनाएर राम्रोसँग पखाल्ने, त्यसमा रोजमेरी नुन र स्पेसल सस हालेर मोल्ने । मोलेको माछालाई प्लेटमा राखेर भट्टीमा पोल्ने । १५ मिनेट पोलेपछि पोलेको माछा खानका लागि तयार हुन्छ । 

 

 Image