Successfully Copied

‘मिस युनिभर्स नेपाल’को प्रतिस्पर्धामा २० सुन्दरी

मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन् । काठमाडौंको याक एन्ड यती होटेलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धी रेड कार्पेटमा क्याटवाक गरेका थिए ।

मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन् । काठमाडौंको याक एन्ड यती होटेलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धी रेड कार्पेटमा क्याटवाक गरेका  थिए ।

निर्देशक नग्मा श्रेष्ठले आगामी वर्षदेखि भने यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाले पनि सहभागिता जनाउन पाउने बताइन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

विजेताले १० लाख रुपैया“ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुका साथै ७१औं  शृंखलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

ओरिफ्लेम मिस युनिभर्स नेपाललाई उमंग क्रिएसनले आयोजना गर्न लागेको हो ।

तस्बिरहरु ः महेश प्रधान

 Image