Successfully Copied

२०७९ साल भदौ महिनाको राशिफल

मेष विशेष काममा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । कुनै कारणले रोकिएका कामले गति लिन थाल्नेछन् ।

मेष

विशेष काममा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । कुनै कारणले रोकिएका कामले गति लिन थाल्नेछन् । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । नयाँ रोजगारीको सम्भावना छ । मित्रवर्गसित भेटघाट गर्ने मौका मिल्नेछ । प्रतिस्पर्धात्मक एवं न्यायिक क्षेत्रमा सफलता मिल्नेछ । तपाईंको कार्यकुशलताले तपाईंविरुद्ध कुरा गर्नेहरू पनि तपाईंकै पक्षमा लाग्नेछन् । 

वृष

योजनानुरूप काममा सफलता मिल्दै जानेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा कुनै नयाँ काम गर्ने विचार फुर्नसक्छ । इष्टमित्रसित भेटघाट गर्ने मौका जुर्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । छोराछोरीले कुनै विषयमा ढिपी गर्नसक्छन्, राम्ररी सम्झाउने प्रयास गर्नुपर्नेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि एक–अर्काप्रतिको सम्मान एवं विश्वास यथावतै रहनेछ । अनपेक्षित अपजस पाइनसक्ने भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुपर्ने बेला छ । 

मिथुन

पारिवारिक वातावरण सुखमय रहनेछ । मनमा काम गर्ने उत्साह एवं पराक्रम बढ्न जाँदा शरीर स्वस्थ रहनेछ । सहयोगी हातको साथ मिल्दा काम गर्न केही सहज हुनेछ । मनमा भएको तनाव हटेर जाँदा मन प्रसन्न रहनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्रबाट पनि लाभ मिल्नेछ । आफ्ना प्रियजनसित भेटघाट गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । छोराछोरीबाट अपेक्षित सुख एवं सन्तोष मिल्नेछ । 

कर्कट

व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । सोचेअनुरूप सबै काम सम्पन्न हुँदै जानेछन् । कतैबाट कुनै लाभ हुनेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रति अपेक्षित माया एवं सद्भाव कायम रहनेछ । टाउको एवं आँखा दुख्ने योग रहेकाले झिनामसिना काम गर्दा ख्याल गर्नुहोला । कहिलेकाहीँ काम गर्दा आकस्मिक समस्या आइलाग्न सक्छ । भैपरि आएको खण्डमा काम गर्दा विकल्पका बाटाहरू पनि सोचे समस्याको समाधान गर्न सजिलो हुन्छ । 

सिंह

विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । कामको व्यस्तताले धपेडी हुनसक्छ । आफ्नो स्वास्थ्य र व्यक्तिगत कामका लागि पनि समय छुट्याउनुहोला । के कुरालाई बढी प्राथमिकता दिने हो, त्यो बुझेर काम गरे सहज हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले लुगाफाटो वा जुनसुकै सामान किन्दा राम्ररी विचार गर्नुपर्ने बेला छ । हडबडमा कुनै पनि काम नगर्नुहोला । माइती एवं साथीहरूसित भेटघाट गर्ने मौका जुट्नसक्छ । 

कन्या

कुनै विशेष जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । सहयोगी हातहरू पछि हट्न जाँदा सबै भार आफैंमा पर्नसक्छ । धेरै खट्नुपर्नेछ । केही आत्मीय मित्रहरूले सक्दो सहयोग गर्नेछन् । धैर्य र शान्त भई काम गर्दा सबै काम सही ढङ्गले पूरा हुँदै जानेछन् । व्यक्तिगत कामका लागि समय निस्कनेछ । कामको प्राथमिकताअनुसार परिस्थिति र समयानुसार गरेको कामले मनमा सन्तोष हुनेछ । पेट एवं रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानमाविशेष ख्याल गर्नुपर्नेछ । 

तुला

योजनानुसार सबै काम सम्पन्न हुँदै जानेछन् । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ला । धार्मिक काममा अभिरुचि बढ्नेछ । कुनै कार्यक्रम वा समारोहमा सहभागी हुनुपर्नेछ । व्यक्तिगत कामका लागि समय निस्कनेछ । शरीर स्वस्थ रहनेछ । दाम्पत्य जीवनमा कहिलेकाहीँ वैचारिक मतभेद भए तापनि एक–अर्काप्रतिको माया–सम्मान र विश्वास भने कायमै रहनेछ । कहिलेकाहीँ राम्रै हिसाबले बोल्दा र काम गर्दा पनि अनपेक्षित अपजसआउनसक्छ । 

वृश्चिक

पारिवारिक वातावरण सुखमय रहनेछ । सोचेअनुरूप सबै कुरा समयानुसार पूरा हुँदै जानेछन् । आफ्नो कार्यक्षेत्रमा सक्रिय भइनेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि पनि समय निस्कनेछ । साथीहरूसित कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । मनमा भएको तनाव हट्न जाँदा काम गर्ने उत्साह बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । दाम्पत्य जीवन सुमधुर रहनुका साथै सन्तानबाट पनि सन्तोष मिल्नेछ । 

धनु

पारिवारिक सुख–समृद्धि बढ्नेछ । घरका कुनै सर–सामग्रीमा हेरफेर हुनसक्छ । कतै घुमघाम गर्न जाने मौका जुर्नसक्छ । आफ्नो इच्छानुसार काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । माइती पक्षसित भेटघाट एवं समय बिताउने मौका मिल्नेछ । टाढा माइती हुनेहरूका लागि केही समय बस्ने गरी माइती गएर आफ्ना आत्मीयजनसित भेट्ने मौका मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । 

मकर

काम गर्दा कुनै बेला मनमा द्विविधा हुनसक्छ । झिनामसिना विषयहरूले काममा बाधा खडा गर्नसक्छन् । सकेसम्म धैर्य र शान्त भई कार्यक्षेत्रमा सक्रिय हुनसके सबै काम समयमै पूरा हुनेछन् । महिनाको उत्तरार्द्ध अनुकूल रहनेछ । आफ्नो इच्छानुसार व्यक्तिगत काममा समय दिन सकिनेछ । आफूलाई तरोताजा राख्न कतै घुमघाम गर्न जाने योजना बन्नसक्छ । परिवारका सदस्यहरूसित भेटघाट गर्ने मौका जुट्नेछ । 

कुम्भ

कुनै कामले यात्रा हुनसक्छ । बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । व्यक्तिगत एवं पेसागत दुवै कार्यबाट सन्तोष मिल्नेछ । सन्तानबाट सुख–सन्तोष प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्रबाट पनि फाइदा हुनेछ । आफ्नो इच्छानुसार किनमेल, घुमघाम, मनोरञ्जन आदि काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । आफ्नो स्वास्थ्य र खानपानमा भने सजग रहनुपर्ने बेला छ । प्रतियोगितात्मक एवं न्यायिक कार्यमा संलग्न भएकाहरूका लागि पनि सफलता मिल्नेछ । 

मीन

व्यक्तिगत वा पेसागत कार्यले कतै यात्रा वा घुमघाम गर्ने अवसर मिल्नसक्छ । सोचेअनुरूप सबै कुरा मिल्दै जानेछन् । विविध कारणले रोकिएका कामले पनि गति लिन थाल्नेछन् । मनमा भएको बोझ हट्न जाँदा काम गर्ने उत्साह बढेर शरीर पनि स्वस्थ हुनेछ । विभिन्न कारणले टाढा भएका इष्टमित्रसित भेटघाट हुने मौका मिल्नेछ । साथीहरूसित पनि रमाइलो जमघट हुनेछ । आफ्नो इच्छानुसारका कार्यहरूमा आफूलाई समाहित गर्ने प्रयास गरिनेछ ।

 Image